March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

भारतको अवरोध हटेपछि बल्ल खेती गर्न पाए मर्चवारीका स्थानीयले (भिडियोसहित)

मर्चवार (रुपन्देही) – रुपन्देही जिल्ला मर्चवारी गाउँपालिका वडा नम्बर ७ को डण्डा खोला पारी नेपालको दश बिघा जमिन छ । यहीँ क्षेत्र भित्र दुईवटा सीमा स्तम्भ छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा मिचेर बोर्डर आउट पोष्ट बनाएको छ ।

मर्चवारीका स्थानीय पहिले खेतीपाती गर्न डुंगामा आउजाउ गर्ने गर्थे । बिओपी बनेपछि एसएसबीले अवरोध गर्न थाल्यो । ७२ साल यता स्थानीयले मालपोत बुझाएका छैनन् । गएको वर्ष संघ सरकारको सहयोगमा गाउँपालिकाले सडक र पुल निर्माण गर्न थाल्यो । पुनः एसएसबीले अवरोध गर्याे ।

दुई मुलुकका अधिकारी र सुरक्षाकर्मी बीचको आपसी समझदारीमा जमिनका लागि निकास बनेको छ । नियन्त्रण मुक्त भएको जग्गामा अहिले नेपाली किसानले धान रोपेका छन् । खोला पारी रहेको दश बिघा जमिन आठ जनाको नाममा छ । पुल बनेपछि जग्गाधनीलाई मात्रै होइन स्थानीय सबैलाई सहज भएको छ । लामो समय खेती गर्न नपाएपछि आफ्नो जग्गा गुमेको स्थानीयले बताउँदै आएका थिए । पुल बनेपछि र खेती गर्न पाएपछि जग्गा फिर्ता भएको महसुस स्थानीयले गरेका छन् ।

Advertisement