May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

भैरहवा– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अन्तिम म्याद यसअघि गत डिसेम्बर ३१ सम्म थियो । त्यो समयभित्र सम्पन्न हुन नसक्ने भएपछि ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्याइएको छ ।

Advertisement

सन् २०१४ देखि निर्माण सुरु भएको यो आयोजना तीन वर्ष भित्र सन् २०१७ सम्ममा सकिनु पर्ने थियो । अहिलेको पछिल्लो पटक समेत गरेर यस आयोजनाको म्याद थप गरिएको छैठौं पटक हो । निर्माण सुरु भएपछि महाभूकम्प, मधेश आन्दोलन, भारतको नाकाबन्दी र ठेकेदार र सह–ठेकेदारको आपसी बिवादमा रुमलिएको यो आयोजना पछिल्लो पटक विश्वव्यापी रुपमा पैmलिएको कोभिड संक्रमणको मारमा परेको छ ।

कोेभिड संक्रमणको मारमा यो आयोजना बिगत डेढ वर्षदेखि बाटै पर्दै आएको छ । सन् २०२० को नयाँ वर्ष मनाउन घर गएका चिनियाँ प्राविधिक कोभिड संक्रमण र लकडाउन भएकाले उतै फसेपछि यो आयोजना कोभिड संक्रमणको चपेटामा पर्न सुरु भएको हो ।

पछिल्लो पटक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) को तयारीमा रहेको यो आयोजना दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले फेरि पछि परेको छ । आयोजना अन्तिम चरणमा पुगेको थियो ।

दोस्रो चरणको लकडाउन हुनुपूर्व आयोजना स्थलमा धमाधम उपकरण जडानका कार्य जारी थिए । बैशाखको पहिलो हप्तामैं मौसम, संचार र विमानको दिशा पत्ता लगाउने सम्बन्धि महत्वपूर्ण उपकरण जडान सम्पन्न भैसकेका थिए ।

विमानस्थल परिसरमा जडान गरिएका उपकरण ठीक भए/नभएको र सही काम गरे/नगरेको बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेको बेला फेरि प्रभावित बनाएको हो ।

विशेष विमान ल्याएर परीक्षण उडान कहिले हुने ? भन्ने सुनिश्चितता भने निषेधाज्ञासँगै अन्यौलतामा परेको छ । ‘थप गरिएको म्यादसम्ममा चमत्कार नै भएर कोभिड संक्रमण सामान्य अवस्थामै आएर विशेष विमान आउन सकेत कुरै सकियो’, आयोजनाको आइसीवी टु का व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनर्देशक प्रवीण न्यौपानेले भने, ‘नत्र कोभिड संक्रमणको अवस्था सामान्य अवस्थामा नआउञ्जेल परीक्षण उडान गर्न समस्या नै छ ।’

आयोजनाको मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यलाई आइसीबी टु अन्र्तगत व्यवस्थापन गरिएको छ । न्यौपानेले आइसीवी टु अन्तर्गतको उपकरण जडानको कार्य सकिएको र जडानका लागि आयोजनास्थलमा युरोप, अमेरिका, अष्ट्रिया लगायतका मुलुकबाट आएका प्राविधिक फिर्ता भैसकेको बताए ।

‘जडान गरिएका उपकरणको वारेमा क्यालिब्रेशन फ्लाइट गर्नु पर्ने हुन्छ र यसका लागि विशेष विमान ल्याउनु पर्ने हुन्छ’, न्यौपानेले भने, ‘विशेष विमानसँगै केही बिदेशी उच्च प्राबिधिक ल्याउनु पर्ने भएकाले लकडाउनले गर्दा अव परीक्षण उडान कहिले हुने ? भन्ने वारेमा एकीन गर्न सकिएन ।’

कोेभिड संक्रमणको मारमा यो आयोजना बिगत डेढ वर्षदेखि बाटै पर्दै आएको छ । सन् २०२० को नयाँ वर्ष मनाउन घर गएका चिनियाँ प्राविधिक कोभिड संक्रमण र लकडाउन भएकाले उतै फसेपछि यो आयोजना कोभिड संक्रमणको चपेटामा पर्न सुरु भएको हो ।

परीक्षण उडानका लागि आवश्यक पर्ने विशेष विमान सम्झौता अनुरुप आइसीबी टु को ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीको भए पनि कोभिड–१९ को कारण बिमान आउन अनुमती त्यहाँको सरकारले दिएको थिएन । यसको बिकल्पमा सरकारले भारत र अष्ट्रियासँग कुरा अघि बढाएको थियो ।

कोभिडका कारण नेपाल पनि रिस्क जोनमा परेकाले थाइल्याण्डको बिकल्पमा परीक्षणका लागि विमान ल्याउन अन्य मुलुकसँग पनि कुरा भैरहेको न्यौपाले जनाए ।

‘परीक्षण उडानका लागि प्राविधिक आउन तयार त छन् तर निषेधाज्ञाले अन्तर्राष्ट्रिय उडान बन्द रहेको र कोभिडको उच्च जोखिमको मुलुकमा परेकाले समस्या धेरै छ’, न्यौपानेले भने, ‘अव आउनु पर्ने प्राविधिकसँग समन्वय भैरहेको छ । यसका लागि अहिलेको असहज परिस्थितिमा सुधार आउनु पर्ने हुन्छ ।’

परीक्षण उडानका लागि तीन दिनभित्र सकिने र सात दिनभित्र परीक्षणका सम्पूर्ण काम सकिने दावी उनले गरे । कोभिड संक्रमण विश्वव्यापी रुपमा पैmलिन सुरु भएको डेढ वर्ष अघिदेखि नै बिदेशीे प्राविधिक र सबै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडानका कार्य अवरुद्ध हुन पुगेको थियो । पहिलो चरणको लकडाउन खुकुलो भएसँगै अवरुद्ध रहेका कार्यले निरन्तरता पाएको थियो ।

दोस्रो चरणको लकडाउनले परीक्षण उडानको प्रक्रिया अवरुद्ध पारे पनि आयोजनाका अन्य कार्य बन्द नै भने भएका छैनन् । अहिले पनि आयोजना स्थलमा २० जना चाइनिज, २० जना भारतीयसहित ८० जनाको हाराहारी संख्यामा स्वदेशी र बिदेशी प्राविधिक तथा कामदार कार्यरत छन् ।

मौसम सम्बन्धि पूर्वानुमानका उपकरण, व्यागेज हेण्डलिङ सिस्टम, संचार उपकरण, बिमानलाई सुरक्षिता ढंगले पथ प्रदर्शन गराउने उपकरणको जडान सकिएको छ । आयोजनाका प्रमुख प्रवेश अधिकारीले फर्निचर फिनिसिङ र एसी सिस्टमका केही काममात्र बाँकी रहेको बताए ।

‘महत्वपूर्ण उपकरण जडानका काम सकिएपछि एउटा बिमान सुरक्षित रुपमा उडान र अवतरणका लागि आवश्यक पर्ने पूर्वाधार तयार भएका छन्’, अधिकारीले भने, ‘कोभिड संक्रमणको दोस्रो चरण र लकडाउनले गर्दा फरक–फरक देशका र फरक–फरक प्राविधिकको आवश्यकता पर्ने हुँदा उनीहरुलाई ल्याउन समस्या भयो ।’

आयोजनाको भौतिक संरचना निर्माण अन्तर्गत आइसीबी वानका लागि चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड रुपैयाँमा ठेक्का लिएको हो । मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्य आयोजनाको आइसीवी टुका लागि थाइल्याण्डको एरो थाइ कम्पनीको करिब ५० करोड रुपैयाँको ठेक्का हो ।