October 15, 2024, Tuesday
२०८१ आश्विन २९

निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

भैरहवा-लुम्बिनी कोरिडोरमा रहेको उद्योग । तस्बिरः पब्लिक कुरा

भैरहवा, वैशाख २९ । ढुवानीका साधन सहज रुपमा नचल्ने भएकाले कच्चापदार्थ उद्योगसम्म ल्याउन र उत्पादित माल बजारसम्म पुर्याउनमा समस्या छ । बजार र बिक्रेताको पसल बन्द हुने भएपछि उत्पादित माल कहा राख्ने ? कति दिनसम्म गोदाममा थन्क्याउने ? बाहिरबाट मजदुर आउन नपाउने भएपछि मजदुर कहाँबाट ल्याउने ? सयौं मजदुरलाई उद्योगभित्र खानबस्नको व्यवस्थापन कसरी गर्ने ?

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि रुपन्देहीमा निषेधाज्ञा गरिएपछि दुई सातादेखि भैरहवा र आसपास उद्योग क्षेत्रका उद्यमी व्यवसायीले यस्ता समस्याको सामाना गरेका छन् । उद्योग व्यवसाय संचालनका लागि बन्द÷निषेधाज्ञा अनुकुलको समय मानिँदैन ।

Advertisement

तर, पनि यस क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञालाई साथ दिएका छन् । उद्योग संचालनका लागि सरकारले तोकेको मापदण्डलाई पालना गरेर उद्योग संचालन गर्न तयार छन् । असहज परिस्थितिको सामाना गर्दै उद्योग संचालन गरेका छन् ।

‘निषेधाज्ञाका कारण उद्योग संचालन गर्न निकै कठिनाई त भएकै छ’, सिद्धार्थ औद्योगिक समूहका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवालले भने, ‘तर, पनि अहिलेको यो विषम र संक्रमण पैmलिएको अवस्थामा उद्यमी व्यवसायीले पनि सबै कुरा आफू अनुकुलको वातावरण मात्र खोज्नु हुँदैन । देश र जनताका लागि तोकिएको मापदण्ड पालना गरेर उद्योग संचालन गर्ने दायित्व पनि व्यवसायीको हो ।’

अघिल्लो पटकको लकडाउनका वेला भारतीय कामदार घर फर्केपछि लामो समयसम्म कामदार अभावको समस्या स्वदेशी उद्योगले झेल्नु पर्यो । उद्योग संचालनका लागि व्यवसायीले स्थानीय श्रमिकको खोजी गर्दै काम सिकाउन थाले । लकडाउनले बिदेशमा रोजगारी गुमाएका र घर फर्केका स्वदेशी श्रमिक पनि उद्योगमा काम गर्न तयार भए । अहिले तिनै स्वदेशी श्रमिकका कारण उद्योग संचालनमा धेरै सहजता भएको छ ।

निषेधाज्ञाका बेलामा उद्योग संचालनका लागि सरकारले तोकेको मापदण्ड, लामो समयसम्म कायम रहेमा पूर्वाधार नभएका करिब ८० प्रतिशत उद्योगका लागि सम्भव नभएको उनले बताए । लामो समयसम्मका लागि निषेधाज्ञा लम्बिएको खण्डमा जताततै बन्द भएपछि पूर्वाधार नभएका उद्योग व्यवसाय स्वतहः बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ ।

आपूmले संचालन गरेका सबै उद्योगमा कोभिड संक्रमण पैmलिन नदिन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरि संचालन गरेको उनले दावी गरे ।

निषेधाज्ञाको अवधिमा उद्योग संचालनका लागि सम्बन्धित उद्योगले नै श्रमिक र अन्य जनशक्ति अनिवार्य रुपमा कार्यस्थलमैं रहनु पर्ने, उनीहरुलाई खान र वस्नको व्यवस्था कार्यस्थलमैं गरिदिनु पर्ने, व्यक्तिव्यक्ति बीचको भौतिक दुरी कायम राख्ने, सवै श्रमिकको दैनिक रुपमा ज्वरो मापन लगायतको स्वास्थ्य जाँच गर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने, कुनै कामदार संक्रमित भएमा आइशोलेशनको व्यवस्था गर्नुृपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका महासचिव तथा जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्ध बिदुर ढुंगानाले सवै कामदारलाई उद्योग परिसरभित्रै व्यवस्थापन गरेर उद्योग संचालन गरिएको बताए । ‘निषेधाज्ञाले यातायात नचल्दा ढुवानीका साधन र आवश्यकता अनुरुपको श्रमिक अभाव लगायतका समस्या चर्को छ’, उनले भने, ‘तर, संक्रमणले सारा जनता नै बिपतमा पर्नुभन्दा निषेधाज्ञाले केही दिनका लागि पार्ने समस्याको कुरा सामान्य हो ।’

उनका अनुसार, अघिल्लो पटकको लकडाउनका वेला भारतीय कामदार घर फर्केपछि लामो समयसम्म कामदार अभावको समस्या स्वदेशी उद्योगले झेल्नु पर्यो । उद्योग संचालनका लागि व्यवसायीले स्थानिीय श्रमिकको खोजी गर्दै काम सिकाउन थाले । लकडाउनले बिदेशमा रोजगारी गुमाएका र घर फर्केका स्वदेशी श्रमिक पनि उद्योगमा काम गर्न तयार भए । अहिले तिनै स्वदेशी श्रमिकका कारण उद्योग संचालनमा धेरै सहजता भएको छ ।

भारतीय कामदारमाथि नै पूर्णरुपमा निर्भर रहेकाले अघिल्लो पटकको लकडाउनका वेलामा जस्तो कामदारको अभाव यसपटकको निषेधाज्ञाको वेलामा नभएको ढुंगानाले बताए । ‘भारतीय कामदारमाथि नै निर्भर रहेकाले कामदारको अभावमा उद्योग नै बन्द गर्नु परेको अवस्था अहिले छैन’, उनले भने ।

भैरहवा–लुम्बिनी करिडोरमा ११ वटा सिमेन्ट, सेन्थेटिक्स, स्पेनिङ, स्टिल, कागज, प्लाइउड, खाद्यान्नसहित २६ वटा उद्योग छन् । प्रत्यक्ष र अप्रत्यक्ष गरि करिव ५ हजार कामदार कार्यरत छन् । भैरहवा–परासी औद्योगिक करिडोर, भैरहवा–बुटवल औद्योगिक करिडोर समेत गरि झण्डै पाँच दर्जन उद्योग छन् । रुपन्देही, नवलपरासी र कपिलबस्तु गरि ११ वटा स्टिल उद्योग संचालनमा छन् ।

रुपन्देहीका सिमेन्ट र स्टिल उद्योगमा धकधई, मर्चवार, सूर्यपुरा र लुम्बिनी क्षेत्रबाट स्थानीय कामदार दैनिक घरबाट आउजाउ गर्थे । निषेधाज्ञाले अहिले घरबाट आउजाउ गर्न असहज छैन ।

सिद्धार्थ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले निषेधाज्ञाले उद्योग क्षेत्रमा ठूलो असर परिनसकेको र कोभिड संक्रमणले मुलुक नै समस्यामा पर्न लागेको वेलामा सानातिना समस्यालाई झेल्न उद्यमी व्यवसायी तयार रहेको बताए ।

‘यहाँका उद्यमी व्यवसायी निषेधाज्ञालाई साथ दिएर र तोकिएको मापदण्डलाई पालना गरेर उद्योग संचालन गर्न तायार छन्’, न्यौपानेले भने, ‘यदि निषेधाज्ञा लम्बिएर ठूलै समस्या आउन थालेमा स्थानीय प्रशासनसँग समन्वय गरेर अघि बढ्ने मनस्थितिमा व्यवसायी छन् ।’