न्ह्यू बज्राचार्यको नयाँ गीत ‘म पनि’ सार्वजनिक
संगीतकार न्ह्यू बज्राचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै स्वरमा रहेको गीत न्ह्यूले सार्वजनिक गरेका हुन् ।
‘म पनि’ बोलको गीतमा गोपाल प्याकुरेल को शब्दरचना छ । न्ह्यू स्वयंको संगीत रहेको छ ।
गीतको भिडियो पनि तयार पारिएको छ । तर भिडियोमा कसैको पनि मुहार स्पष्ट देखाइएको छैन । पृष्ठभूमिमा न्ह्यूू गीतार बजाएर गीत गाइरहेको देखाइएको छ ।
थाहै नपाइ बसेको प्रेमपछि दुवै प्रेमी प्रेमिको हालत करिब–करिब उस्तै हुने सन्दर्भलाई गीतले चित्रण गरेको छ ।
गीतः–
म पनि त यता हेर त्यसै बसेछु
उड्दाउड्दै नजानिदै तलै खसेछु ।
आफैलाई खोज्दैजाँदा बाटो भुलेछु
बेहोसीमा तिम्रो माया मनमा लिएछु
म पनि त यता हेर कस्तो भएछु
त्यता पनि त्यस्तै होला कस्तो भएछु ।
जस्तो त्यता उस्तै यता अन्तै गएछु
पहरोमा अल्झिएको फूल भएछु
म पनि त तिमीजस्तै एक्लै रहेछु
नदेखिने नबुझिने मान्छे भएछु ।
प्रतिकृया दिनुहोस्