April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

चलचित्र ‘चित्रा’को ‘नजरैको हाना हान’ सार्वजनिक

नेपाली कथानक चलचित्र ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा राजनरनजकै शब्द तथा संगीत छ ।

Advertisement

चलचित्र ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार सुरु गर्दै गीत सार्वजनिक गरिएको हो । प्रवीण सिंहको कोरियोग्राफी रहेकोे भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । गीतमा चलचित्रका मुख्य कलाकारहरू सन्तोष अधिकारी र शुभेच्छा खड्का फिचर्ड छन् । 

Advertisement

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले बाबु र छोरीको कथालाई उठान गर्ने प्रयास गरेको छ । चलचित्र माघे संक्रान्तिको छेको पारेर पुस २७ गतेबाट रिलिज हुँदै छ । 

चलचित्रमा सन्तोष र शुभेच्छासँगै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्कालगायत कलाकारको अभिनय छ । 

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ ।