June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

‘दुई नम्बरी’ युट्युबमा

नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’को युट्युब रिलिज गरिएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलमा चलचित्र रिलिज गरिएको हो । सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र लामा हुन् ।

दीपेन्द्रको नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ हल रिलिज भइरहेका बेला गत वर्ष हल रिलिज भएको ‘दुई नम्बरी’ युट्युबमा आएको हो । 

Advertisement