October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

‘कौसिद’को ट्रेलर सार्वजनिक

ऋचा शर्मा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेको नेपाली कथानक चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ । 

Advertisement

ऋणको बोझले थिचिएको पात्रको जीवन भोगाइ नै यो सिनेमाको मुख्य कथा हो । कुमार भास्करले निर्देशन गरेको सिनेमा असोज २६ गतेबाट प्रदर्शनमा आउनेछ ।

Advertisement

चलचित्रका निर्माता केदार भुषालले विजया दशमीको छेको पारेर चलचित्र प्रदर्शनमा ल्याउन लागिएको बताए । 

चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारको अभिनय रहेको छ ।