May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

‘माइती देशको घाउ’ सार्वजनिक

राधिका अधिकारीको शब्दरचना रहेको गीत सार्वजनिक भएको छ । ‘माइती देशको घाउ’ बोलको गीतमा काव्या आचार्य र मीना नेपालीको स्वर छ । दीपक शर्माको संगीत र राजेन्द्र बज्रगाईंको संगीत संयोजन रहेको छ ।

देश छोडेर परदेशिएका दुई युवतीले माइती गाउँलाई सम्झिएको परिवेश गीतमा चित्रण गरिएको छ ।  

गीतको भिडियो पवन रानाभटले निर्देशन गरेका छन् । म्युजिक भिडियाेमा गायिकाद्वय काव्या र मीनालाई देख्न सकिन्छ । 

Advertisement