May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

‘बाटो: रोड टु डेथ’को ट्रेलर सार्वजनिक

चलचित्र ‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकको रुपमा देखाइएको छ ।

Advertisement

ट्रेलरमा चलचित्रको कथा के छ भन्ने खुलाइएको छैन । काठमाडौं फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक मदन थापा हुन् । छायांकार शरण ऋषि हुन् । 

साउथ इन्डियन शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । 

भारतको चेन्नाइमा प्राविधिक कार्य भइरहेको चलचित्र नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै चार भाषामा तयार गरिएको छ ।

चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिका छ । चलचित्रका निर्माता चन्दन झा हुन् ।