नलेखिएको कथा अझै बाँकी छ… (भिडियोसहित)


आफ्नो देश, आफ्नो माटो, आफ्नो सन्तान र सम्पत्ति छोडेर विस्थापित हुनुप¥यो भने मान्छेलाई कति चोट पर्छ ? सायद यो प्रश्नको जवाफ देशबाट लखेटिनेहरूले मात्रै दिनसक्छन् ।
जस्तै ? भुटानी शरणार्थी । जो आफूले दुःखले आर्जेको माटो र मायाले सुम्सुम्याएका सन्तान छोडेर आफ्नै भूमीबाट भाग्नु प¥यो । आफ्नो भाषा र भेषका कारण देश छोड्न वाद्य भए । तर, उनीहरूको कथा न कसैले लेखे । न अनुभूत गर्न सके । त्यसैले त यसलाई जीवन्तरूपमा गीतका शब्दमार्फत विल्सनत्रिकम राईले उतारे ।
‘माटो’ बोलको गीतमा भुटार्नी शरणार्थीले भोगेको कारुणिक कथा लेखेका छन् । उनका शब्दमा राजेश पायल राईले स्वर भरेका छन् । तोरेम्पाहाङ राईले संगीत भरेका छन् ।
गीतको भिडियोसमेत तयार पारिएको छ । भिडियोमा विल्सनविक्रम राईलगायत फिचर्ड छन् । भिडियो निर्देशन पनि विल्सनविक्रम स्वयंले गरेका छन् ।








प्रतिकृया दिनुहोस्