June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

‘दुई नम्बरी’को रमाइलो ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । दीपेन्द्र लामा निर्देशित चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । 

दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा रहेको ट्रेलर रमाइलो देखिएको छ । असोज २१ गते रिलिज हुने चलचित्रले दुई साथीको कथा भन्नेछ । 

दर्शकले ‘दुई नम्बरी’मा दयाहाङ र सौगातको जोडी देख्नेछन् । चलचित्रमा दयाहाङको जोडीको रूपमा उगेन छोदेन र सौगातको जोडीको रूपमा उपासना सिंह ठकुरी छन् ।

Advertisement