‘हाम्रो सम्बन्ध’ सार्वजनिक


गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘हाम्रो सम्बन्ध’ बोलको गीत उनले आइतबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
स्वरमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । प्रेम सम्बन्धमा रहेका युवायुवतीको अन्तर सम्बादलाई गीतले रमाइलो तरिकाले उनेको छ । घरबाट विवाहका लागि आमाले दबाब दिएपछि प्रेमीकालाई विवाहको प्रस्ताव गर्ने प्रेमी र त्यसको जवाफ गीतमा समावेश छ ।
गीतमा शब्दरचना अनुष्का स्वयंको छ भने संगीत युवराजले नै भरेका छन् । शान थापाले निर्देशन गरेको भिडियोमा युवराज र अनुष्काकै अभिनय रहेको छ ।







प्रतिकृया दिनुहोस्