‘दरबारे माया’ सार्वजनिक


गायक तथा संगीतकार जोसेफ शाही ठकुरीको देउडा शैलीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत जोसेफ स्वयंको छ ।
‘दरबारे माया’ आधुनिक शैलीको देउडा गीत रहेको जोसेफ बताउँछन् । “गाउँबाट ठूलो सपना बोकेर सहर छिरेको एक सोझो युवा धनाढ्य महिलासँग प्रेममा पर्छ । तर, सहरीया प्रेमीकाबाट धोका पाएर सबैथोक गुमाएपछि ऊ गाउँ फर्किन्छ,” जोसेफ गीतको कथा सुनाउँछन्, “चोखो माया गर्ने आफूजस्तै इमान्दार केटीसँग घरजम गरेर गाउँमै बस्ने तयारीमा जुटेको युवाको कथा गीतले भन्छ ।”
पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडयोमा मोडल बिना राउत, सुरज मल्ल, भद्र कुँवर, सङ्गकला गौतम, सचिन गौतमलगायततको अभिनय छ ।
बसन्त कुँवरको छायाँकन र टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरब गिरीले गरेका हुन् ।
गायक जोसेफले यसअघि गाएको गीत ‘पियारी’ लोकप्रिय भएको थियो । सोह शैलीमा तर अलि फरक भावमा ‘दरबारे माया’ प्रस्तुत गरिएको जोसेफ बताउँछन् ।








प्रतिकृया दिनुहोस्