‘प्रेम गीत–३’को गीत ‘हर युग होस्’ सार्वजनिक


चित्र ‘प्रेम गीत–३’को नयाँ गीत सार्वजनिक भएको छ । ‘हर युग होस्’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।
गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । एलिस कार्कीको संगीत रहेको गीतमा शब्द राजेश कुमार श्रेष्ठको छ । प्रेमिल गीतको भिडियोमा चलचित्रका दृश्य समावेश छन् ।
प्रदीप खड्का र कृष्टिना गुरुङ भिडियोमा फिचर्ड छन् ।
सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्र असोज ७ गते रिलिज हुँदै छ । चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।







प्रतिकृया दिनुहोस्