February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

‘बा आकाश हुन्’ गीत सार्वजनिक

समस्त बुबाहरूलाई समर्पित गर्दै गायक सुरेन गौतमले ‘बा आकाश हुन्’  बोलको गीत सार्वजनिक गरेका छन् । सन्देश श्रेष्ठको संगीतमा तयार भएको गीतमा शब्द तुलसी बस्नेतको छ ।

गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन् भने भिडियो गायक स्वयमले तयार पारेका हुन् । सुरज केसी खिचेको गीतको भिडियोलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका छन् ।

Advertisement

गायक गौतमले यस अघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै–सधै आदि गीत रिलिज भइसकेका छन् । त्यस्तै गौतमले ‘पिँजडाको सुरक्षा’ बोलको गीतका लागि पुरूष गायनको ‘ओएस नेपाल म्युजिक अवार्ड–२०७४’ जितेका थिए ।

अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका गायक गौतम यतिबेला कृषिमा विद्यावारिधि गर्दैछन् ।