March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बाल गायक प्रिन्सको तीज गीत ‘बुट्टे सारी’

चितवनका बाल गायक प्रिन्स सिलवालकाे तीज गीत ‘बुट्टे सारी’ सार्वजनिक भएकाे छ।

Advertisement

हरितालिका तीज पर्वलाई लक्षित गरी तयार पारिएकाे साे गीतमा बाध्यताले विदेशीनु परेको बुवा, भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई सिलवालले कलात्मक तरिकाले प्रस्तुत गरेका छन्।

Advertisement

‘प्रिन्स सिलवाल अफिसियल’बाट सार्वजनिक गरिएकाे साे गीतकाे स्वरमा प्रिन्स सिलवाललाई सन्ध्या बुढा (काउलीबुढी)ले साथ दिएकी छन्।

गीतमा सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ भने आदेश गुरुमछानले एरेन्ज गरेका छन्।

यस्तै, साे गीतकाे भिडियोमा गायक प्रिन्स सिलवालसँगै सन्ध्या बुढा,नम्रता शर्मा लगायतका कलाकारकाे अभिनय रहेकाे छ। सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका हुन्।

गायक सिलवालका यसअघि दसैँ मनाउने हो, माया लाग्छ नेपालको, सरोज खनालको अभिनय रहेको बाबा, ट्राफिक हाम्रै साथी बोलको जनचेतनामूलक गीत सार्वजनिक भइसकेका छन्।