April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

तीज गीतमा प्रियंका र सृष्‍टिको छमछमी

शुर्वण थापा निर्देशित फिल्म ‘दि सिक्रेट्स अफ राधा’को पहिलो गीत ‘पाउमा पाउजु’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा कार्यक्रमका बीच सार्वजनिक गीतमा तीजलाई लक्षित गर्दै निर्माण युनिटले बनाएको हो ।

सज्जा चौलागाईं र स्वस्तिमा ढकालको स्वर तथा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा सृजना खत्रीको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी, सञ्जय लामाको छायांकन र विपिन मल्लको सम्पादन रहेको गीतको भिडियोमा अभिनेत्री द्वय सृष्‍टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य गरेका छन् ।

सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएसनको ब्यानरमा निर्माण भएको हो । 

Advertisement