December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

‘छड्के नजर’ सार्वजनिक

विश्व नेपालीको नयाँ गीत ‘छड्के नजर’ सार्वजनिक गरिएको छ । गीतकार तारा अधिकारीको शब्द रचना  रहेको गीतमा म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । 

गीतमा दीपक शर्माको संगीत छ भने विश्व नेपालीको स्वर छ । उदय राज पौडेलको संगीत संयोजन रहेको छ । 

गायक विश्व नेपालीलाई फिचरिङ गरिएको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । 

Advertisement