June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ सार्वजनिक

गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको  ‘फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्‍टि खड्काको अभिनय रहेको यो भिडियोलाई निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन्। 

सुधा मरहट्ठाको शब्दमा  रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन्। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ । सुधा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भिडियो रिलिज गरिएको छ।  

Advertisement