April 18, 2025, Friday
२०८२ बैशाख ५

प्रिज्मा र प्रिन्सीसँग ‘चकलेटी स्याँउ’मा बलेको रोमान्स

गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा रहेको गीत ‘चकलेटी स्याँउ’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीत भिडियो सहित आएको हो ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’को अलवा प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । भिडियोमा तीनै कलाकार डान्सिङ मुडमा देखिएका छन् ।

शान थापाले निर्देशन गरेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ ।