‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक



निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातका कारण एक भोग्नु परेको प्रेमजोडीको दुःखलाई समेटिएको छ ।
ट्रेलरमा चलचित्रमा प्रमुख कलाकारहरु सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत फिचर्ड छन् ।
काठमाडौं र चित्लाङ आसपासमा छायांकन गरिएको चलचित्र यही असोज २६ गते रिलिज हुँदैछ ।
चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपानेलगायतको अभिनय रहेको छ ।
रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन रहेको छ ।







प्रतिकृया दिनुहोस्