July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

समाचार

हात्ती आक्रमणमा परी एकको मृत्यु

हात्ती आक्रमणमा परी एकको मृत्यु

हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा…

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता, तालिबानको चिन्ता

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता, तालिबानको चिन्ता

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ ।  उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी भएको बताइएको छ ।  सो वार्ताका क्रममा अफगानिस्तानका राष्ट्रपति घानी र अमेरिकी रक्षामन्त्री अस्टिनले अफगानिस्तानमा…