November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

आयो दसैंः कस्तो छ सांस्कृतिक एवं धार्मिक महत्व ?

Advertisement

भैरहवा- दसैं या विजय दशमी विशेषः नेपाली हिन्दु र किराँती समुदायलेसमेत धुमधामले मनाउने एकदमै लामो र विशेष धार्मिक एवं साँस्कृतिक महत्व बोकेको चार्ड हो । यो चार्ड नेपालमा मात्र नभएर भारतका दार्जिलिङ, सिक्किम, आसाम तथा उत्तरपूर्वी राज्यहरु र म्यानमार बर्मा एवं भुटानमा पनि विशेष महत्वका साथ मनाइन्छ । मूलतः प्रतेक बर्ष विक्रम संवत क्यालेण्डर अनुसार आश्विन या कार्तिक महिनामा पर्ने यो पर्व शुक्लपक्षबाट सुरु भइ पूणिमाका दिन १५ दिनसम्म भव्यरुपमा मनाएर अन्त्य हुन्छ । यस वर्ष दसैं असोज २६ गते परेको छ ।

Advertisement

दसैंलाई विशेषः २ खण्डमा विभाजित गरि बुझ्ने गरिन्छ । प्रथम खण्ड नवरात्री र द्वितिय खण्ड टीका जमरा । दसैंको सुरुवाती दिनदेखि नवौँ दिनसम्म नवरात्री पर्दछ भन्ने बाँकी दिनलाई टीका जमरा खण्ड अन्तर्गत राख्ने गरिन्छ । नवरात्रीमा दुर्गा भवानी र उनका विविध रुपहरु धारिन शक्तिपिठहरुमा गई पुजाअर्चना गर्ने चलन रहिआएको छ । दुर्गा भवानीका नौँ रुपहरु भएको विश्वास रहेकाले नवरात्रीमा दुर्गाका शक्तिपिठशरुको विशेष महत्व रहेको देखिन्छ । नवदुर्गाका रुपहरुको नाम भने ठाउँ अनुसार फरक फरक उल्लेख भएको पाइन्छ ।

काठमाडौँ उपत्यकामा व्रम्हायणी, महेश्वरी, कौमारी, वैश्णवी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरीलाई नवदुर्गाका रुपमा स्वीकार गरेको देखिन्छ । वास्तवमा नवरात्रीको समयले माता दुर्गा रसम्पूर्ण देवगणलाई दुःख दिने महिषासुर राक्षस विचको लगातार नौ दिनसम्मको युद्धलाई इंकित गर्दछ । दशौं दिन भन्ने १८ हात भएकी माता दुर्गाले क्रुर महिषासुरलाई वध गरेको (हत्या गरेको तथा नष्ट गरेको) दिनको रुपको ज्वलन्त प्रतिक हो । गहिरिएर हेर्दा हिन्दु पौराणिक विश्वास अनुसार दशौं पर्वले २ प्रकारको विजयलाई संकेत गर्दछ ।
क) दुर्गा माताले महिषासुर राक्षसमाथि विजय हाँसिल गरेको दिन ।

ख) भगवान रामले राक्षसहरुको राजा रावनलाई पराजय गरेको दिन ।

दशैँको १५ दिनमध्ये प्रथम, सातौं, आठौं, नवौं,दशौं र पन्ध्रौं दिनले विशेष महत्व राख्दछन् ।
क) घटस्थापना (पहिलो दिन)ः जमरा रोप्नेःराख्ने दिन विशेषतः मकै र जौलाई उमारेर जमरा तयार गर्ने गरिन्छ ।
ख) फुलपाती तथा सप्तमी (सातौं दिन) घर घरमा नवरात्रीका भनेर चिनिने फूलपाती भित्राउने दिन । नवरात्रीमा नौं वटा वनस्पतिहरु पर्दछन्ः केराको बोट या पात, दारिम, धानको बाला, हेलेदो या बेसार, मनवृक्ष, कचुकी, जयन्ती अनि वेलपत्र ।

घरमा फुलपाती भित्राउनु भनेको स्वास्थ्य, धन र सम्वृद्धि भित्राउनु हो भने बुझ्ने गरिन्छ । नेपाल सरकारलेसमेत गोर्खाबाट ल्याइएको फुलपाती काठमाडौंको हनुमानढोकामा भित्राएर सातौं दिनलाई विशेष दिनका रुपमा बढ्याई गर्ने गर्दछ ।

ग) महाअष्टमी (आठौं दिन) माता दुर्गा–कालीलाई पञ्चवली चढाउने दिन ।
पञ्चवलीमा हाँस, कुखुरा, बाख्रा, भेडा र राँगा पर्दछन् । तर जनावरको वली दिन नचाहनेले नरिवल फुटाएर चढाउने चलन पनि रहिआएको छ । महाअष्टमीको रातलाई “कालरात्री” नामले समेत चिन्ने गरिन्छ ।

घ) महानवमी (नवौं दिन) आफूले प्रयोग गर्ने सवारीसाधन, औजार, मेसिन, हातहतियार आदि पुजा गर्ने दिन । यी चिजहरुको पुजाआराधाना गरेमा दुर्घटबाट बचिने या दुर्घटना न्युनिकरण हुने जनविश्वास रहिआएको छ ।
ङ) विजय दशमी (दशौं दिन) घटस्थापनाका दिन राखिएको जमरासमेत प्रयोग गरी मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गर्ने सुरुवाती दिन । यो क्रम पूणिमाका दिनसम्म चलिरहन्छ । टकिा र जमरा ग्रहण गर्दा नाता अनुसार दक्षिणासमेत आदानप्रदान गर्ने चलन रहिआएको छ ।
च) पूर्णिमा (पन्ध्रौं दिन): दसैं समाप्ती हुने दिन आएका अतिथि र घरपरिवारका सदस्यहरुले पुनः एकपटक टीका र जमरा ग्रहण गरी बाकी रहेको जमरा र फूलपातीसमेतलाई नजिकैको खोला, नदीनाला आदिमा गइ विशर्जन गर्ने दिन । यस दिनको रातलाई कोजाग्रत पूणिमाका नामले समेत पुकारिने गरिन्छ ।

दशौं पर्व टीका जमरा र आशिर्वात ग्रहण गर्ने मात्र नभइ आपसी शिष्टाचार, भाइचारा र पारिवारिक जमघट गराउने सुवर्ण अवसर पनि हो । विविध खाध्यपरिकार जस्तै मासु, दही चिउरा, मिठाइ तथा अन्य मिष्ठान्न बनाइ खाने र नयाँ लुगा लगाइ चोखोनिधो बसी घरआँगन सरसफाइ र रंगरोगन गरी प्रशन्नरहने चार्ड दशैंलाई यसको मौलिक रुपमा मनाइनु नविर्सनु आजको आवश्यक्ता हो ।