June 30, 2026, Tuesday
२०८३ असार १७ बुधबार

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को अन्तिम १६ मा

Advertisement

नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

Advertisement

नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे ।

निर्धारित र अतिरिक्त समयमाको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे ।

मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो ।

नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए ।

नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्टले पनि पेनाल्टी पोस्टमा लागेर बाहिरियो भने क्विन्टन टिम्बरको प्रहार पनि बाहिरियो । क्रइसेन्सियो समरभिलको प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले बचाए ।

त्यसअघि ग्वाडालाजार स्टेडियममा कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् ।

तर नेदरल्यान्ड्सले अन्तिम ससमयमा अग्रता जोगाउन नसक्दा मोरक्कोले इन्जुरी टाइममा गोल फर्काएको थियो ।

इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका हुन् । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।