June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

इप्रका मझगाँवाद्वारा ३५ थान आइफोन बरामद

Advertisement

भैरहवा– इलाका प्रहरी कार्यालय, मझगाँवाले ठूलो मात्रामा मोबाइल बरामद गरेको छ । भन्सार छली गरी नेपाल भित्र्याइएका ३५ थान आइफोन प्रहरीले बरामद गरेको हो । आइफोनसँगै एक मोटरसाइकलर एकजना युवकलाई समेत पक्राउ गरिएको जिलला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

Advertisement

उनका अनुसार जिललाको कोटहीमाई गाउँपालिका–५, बेनीनगरबाट सोही गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय पवनकुमार मुरावलाई पक्राउ गरिएको हो । डीएसपी चन्दका अनुसार ३५ थान आइफोन भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो। जसको मूल्य २० लाख ५० हजार रुपैयाँ बराबर रहेको उनको भनाई छ ।

मुरावले चलाएको यूपी ५६ डीएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा ती आइफोनहरू फेला परेको इप्रका मझगाँवाले जनाएको छ ।

प्रहरीका अनुसार ७ वटा १ सय २८ जीबीको आइफोन–१३, १७ थान एप्पल आइफोन–१२, दुई सय ५६ जीवीको आइफोन–१२ प्रोम्याक्स २ थान, १ थान २५६ जीवीको आइफोन–१३, १ थान २५६ जीवीको आइफोन–१३ प्रोम्याक्स, १ थान २५६ जीवीको आइफोन–१४ प्रो, १ थान २५६ जीवीको आइफोन–१४ प्रोम्याक्स, एप्पल आइफोन–११ एक सय २८ जीवीको ४ थान, १ थान १२८ जीवीको आइफोन–१५ बरामद भएको छ ।

बरामद गरिएको आइफोन, मोटरसाइकल र मानिसलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको छ । प्रहरीले केही दिन अघि पनि लाखौं मूल्यका मोबाइल बरामद गरेको थियो ।