June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

स्वाद र सत्कारको पर्याय भैरहवाको ‘कौसी डाउनटाउन रेष्ट्रो’

Advertisement

भैरहवा– गुणस्तरीय स्वाद, शान्त वातावरण र आत्मीय सत्कारको त्रिवेणी मानिन्छ, रुपन्देहीको भैरहवास्थित ‘कौसी डाउनटाउन रेष्ट्रो प्रालि’ । सिद्धार्थनगर–६, विद्रोही चोकमामा रहेको उक्त रेष्टुरेन्टले एक दशकदेखि सेवा दिँदै आएको छ । पाहुनाको सत्कार र गुणस्तरी खाना–खाजा यहाँको पहिचान हो । खासगरी आन्तरिक तथा भारतीय पर्यटकको रोजाई बनेको यो रेष्टुरेन्टमा थरिथरिका स्वदेशी र विदेशी स्वाद लिन पाइन्छ । यहाँ तेस्रो मुलुकका पर्यटक पनि आउने गर्छन् ।

Advertisement

भैरहवाको आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाएको कौसीले नेपाली मौलिकतालाई समेत झल्काउँछ । भैरहवाको मुख्य बजार क्षेत्र अवस्थित भए तापनि यो रेष्ट्रोभित्र प्रवेश गर्दा एउटा छुट्टै शान्त र मनोरम संसारको अनुभूति हुन्छ । रेष्ट्रोको बनोट र व्यवस्थापन निकै आकर्षक छ । वातावरणमैत्री अवधारणालाई आत्मसात गर्दै रेष्ट्रो परिसरमा हरिया बोटबिरुवा र थरिथरिका गमलाहरु सजाइएका छन्, जसले ग्राहकलाई प्रकृतिको नजिक भएको महसुस गराउँछ ।

बिहान ७ बजेदेखि नै खुल्ने यस कौसी रेष्ट्रोमा राती ११ बजेसम्म ग्राहकहरुले आफ्नो रोजाईका परिकार खान पाउने संचालक अन्जु ज्ञवाली शर्माले बताइन् । ‘हामी सधैं गुणस्तर कटिबद्ध छौं’, उनले भनिन्, ‘यही कारण एकपटक स्वाद लिएका पाहुनाहरु पुनः यहाँ आउने गर्नुहुन्छ ।’ सुलभ मूल्यमा स्तरीय स्वाद दिनु रेष्ट्रोको विशेषता भएको उनले बताइन् ।

यहाँ फराकलो पार्किङक छ । जसले गर्दा ग्राहकलाई निकै सहजता हुने गरेको छ । रेष्ट्रोका मुख्य सेफ सुरेश चौहान मगरका अनुसार यहाँ रैथाने नेपाली स्वाददेखि अन्तर्राष्ट्रिय स्तरका परिकारहरू उपलब्ध छन् । ‘यहाँ विशेष गरी स्वादिष्ट थकाली खाना, कन्टिनेन्टल फुड्स, इन्डियन तन्दुरी र चाइनिज परिकारहरु पस्किने गरिन्छ’, उनले भने, ‘हामीले सस्तो दरमा गुणस्तरी परिकार उपलब्ध गराइरहेका छौं । यही कारण भैरहवामा कौसीको छुट्टै पहिचान बनिसकेको छ ।’

परम्परागत र स्वास्थ्यवद्र्धक नेपाली खानपानलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्राहकको इच्छा र अर्डर अनुसार फापरको ढिँडो, कोदोको ढिँडो लगायतका परिकारहरू समेत ताजा तयार गरिने उनले बताए । यसैगरी, दिउँसोको समयमा खाजाका लागि चिकेन, मटन, र भेज परिकारसहित मोमो, चाउमिन लगायतको आकर्षक ‘कम्बो सेट’ को व्यवस्था समेत रहेको उनले बताए ।

नेपाल–भारत सीमा नाका (बेलहिया) बाट जम्मा ४ किलोमिटरको छोटो दूरीमा रहेका कारण पनि कौसी डाउन टाउन भारतीय पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ । नेपाल घुम्न आउने तथा सीमावर्ती भारतीय सहरहरुबाट पारिवारिक र व्यावसायिक भ्रमणमा आउने पाहुनाहरूका लागि यो रेष्ट्रो ट्रान्जिट प्वाइन्ट र मुख्य गन्तव्य बनिरहेको छ ।

गुणस्तरमा सम्झौता नगरिने भएकै कारण परिकारहरु सबैले मन पराउँछन् । ‘सत्कार, उच्च स्तरीय सेवा र पूर्ण सन्तुष्टि नै हाम्रो मुख्य ध्येय हो,’ सञ्चालक शर्मा भन्छिन्, ‘रेस्टुरेन्टको आन्तरिक तथा बाह्य सरसफाइमा विशेष ध्यान दिइनु, सवारी साधनका लागि सुरक्षित र पर्याप्त पार्किङको व्यवस्था हुनु र ग्राहकसँगको सुमधुर एवं व्यावसायिक सम्बन्धकै कारण कौसी यतिबेला भैरहवा र आसपासको क्षेत्रमा सबैको साझा रोजाइ बनेको छ भन्ने हाम्रो विश्वास हो ।’

कौसी डाउन टाउन खाना र खाजामा मात्र सीमित नभई यहाँ अत्याधुनिक बारको समेत व्यवस्था छ । बारमा ककटेल र मकटेलको व्यवस्था छ । रेष्ट्रोका बारटेन्डर पारस थापाका अनुसार बारमा आउने ग्राहकलाई आफ्नै विशेष ‘सिग्नेचर स्टाइल’ मा नयाँ र पृथक स्वाद दिने गरिएको छ ।

‘हामीले दिने गुणस्तरीय सेवा र त्यसबापत ग्राहकको अनुहारमा देखिने मुस्कान नै हाम्रो सबैभन्दा ठूलो खुसी र सफलता हो,’ बारटेन्डर थापा भन्छन्, ‘हामीले ग्राहकको रुचि, चाहना र रोजाइलाई ध्यानमा राख्दै उच्च गुणस्तरका सफा र स्वादिला ड्रिंसहरू पस्किने गरेका छौँ । यसका साथै स्वदेशी ब्रान्डका उत्कृष्ट वाइन तथा अन्य पेय पदार्थहरूलाई हामीले प्राथमिकताका साथ मेनुमा समावेश गरेका छौँ ।’

कौसी डाउन टाउन रेष्ट्रोकी सञ्चालक शर्माले यो रेष्ट्रो पूर्णरुपमा पारिवारिक माहोलमा सञ्चालन भइरहेको बताइन् । यहाँ परिवारका सम्पूर्ण सदस्यहरु एकसाथ बसेर शान्त वातावरणमा गुणस्तरीय समय बिताउन र रमाइलो गर्न सक्ने वातावरण मिलाइएको छ ।

‘हामी खाना र खाजाको गुणस्तर तथा शुद्धतामा कुनै पनि किसिमको सम्झौता गर्दैनौँ,’ सञ्चालक शर्माले प्रतिबद्धता व्यक्त गर्दै भनिन् । ग्राहकहरूलाई प्रोत्साहन गर्नका लागि रेष्ट्रोमा नियमित रूपमा आउने ग्राहकहरू तथा विभिन्न उत्सव एवं सेलिब्रेसन (जस्तै जन्मदिन, एनिभर्सरी आदि) का लागि आउने समूहलाई कुल बिलमा ५ प्रतिशत विशेष छुट दिने व्यवस्था समेत गरिएको शर्माले जानकारी दिइन् ।

कौसीले आफ्नो सेवालाई रेस्टुरेन्टको चार पर्खालभित्र मात्र सीमित राखेको छैन । हाल यसले भैरहवा क्षेत्रको हरेक कुना–कुनामा छिटो र छरितो रुपमा ‘होम डेलिभरी’ सेवा प्रदान गर्दै आएको छ । आगामी भैरहवामा प्राप्त अगाध माया र विश्वासपछि अब छिमेकी सहर बुटवलसम्म पनि डेलिभरी सेवा विस्तार गर्ने योजना बनाएकाृ संचालक बताउँछन् ।

एकैपटकमा एक सय जना बढीलाई सेवा दिन सक्ने क्षमताको यो रेष्टुरेन्टमा बैठक, सम्मेलन तथा अन्य कार्यक्रमका लागि हलको समेत व्यवस्था छ । यो रेष्टुरेन्टसँगै यहाँ छेवमै सानु डिपार्टमेन्टल स्टोर समेत छ । जसले गर्दा रेष्ट्रोमा आउने ग्राहकले डिपार्टमेन्टल स्टोरमा खरिद गर्न सक्छन् । विभिन्न स्वादका कफीहरु, कम्बो भेज–ननभेज, पिज्जा, बर्गर, विरयानी, डिमसिम, नुडल्स, नेपाली खाजा, कौसी स्पेसल ननभेज, भेज, विभिन्न परिकारका ब्रेकफास्ट यहाँ आउने ग्राहकले खुबै रुचाउने गरेका छन् ।