May 29, 2026, Friday
२०८३ जेष्ठ १५ शुक्रबार

२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर र ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज

Advertisement

भैरहवा– सरकारले २ सय ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर र ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ । शुक्रबार संसदमा आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल घटाएको बताएका छन् ।

Advertisement

औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तिमा एक तह कम हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको उनले बताए । संघीय संसद्मा आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै वाग्लेले ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्कसमेत खारेज गरिएको बताए ।

सरकारले व्यक्तिगत आयकरको तल्लो सीमा ५ लाखबाट बढाएर १० लाख बनाइएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले कर नलाग्ने ५ लाखको सीमा बढाएर १० लाख रुपैयाँ पुर्याएको अर्थमन्त्री वाग्लेले जनाएका हुन् । आयकरको अधिकतम दर १० प्रतिशत बिन्दुले घटाइएको अर्थमन्त्री वाग्लेले बताए । हाल अधिकतम ३९ प्रतिशतसम्म आय कर लाग्ने व्यवस्था छ ।