May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

लिभरपुललाई शीर्ष स्थानमा, तीन अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ। आफ्नो २० औं खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ४-२ ले हराउँदै शीर्ष स्थानमा अग्रता बढाएको हो।

Advertisement

मोहम्मद सलाहले पहिलो हाफको २२ औं मिनेटमा पेनाल्टी मिस गर्दा पहिलो हाफ गोलरहित बराबरी भएको थियो। तर दोस्रो हाफमा कुल ६ गोल हुँदा खेल रोमाञ्चक बन्यो।

Advertisement

लिभरपुलले ४९ औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता लिएको थियो। तर ५४ औं मिनेटमा न्युक्यासलका अलेक्सेन्डर इस्कले बराबरी गोल गर्दा ७४ औं मिनेटमा कर्टिस जोनेसले डिएगाे जोताको पासलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाए।

७८ औं मिनेटमा कोडी गाप्कोले तेस्रो गोल गर्दा लिभरपुल सहज अवस्थामा पुग्यो। तर स्भेन बोटम्यानले ८१ औं मिनेटमा गोल गर्दै न्युक्यासलाई पुन: खेलमा फर्काउने प्रयास गरेका थिए। तर पेनाल्टीमा सलाहले ८६ औं मिनेटमा टिमका लागि चौंथो तथा व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले ४५ अंकका साथ शीर्ष स्थानमा रहन सफल भयो।

इंग्लिस प्रिमियर लिगमा अंक तालिका रोमाञ्चक मोडमा रहेको छ। लिभरपुल समान २० खेल खेलेको एस्टन भिल्ला लिभरपुलभन्दा २ अंकले पछि रहँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४० अंकका साथ तेस्रो स्थानमा रहँदा आर्सनलको पनि ४० अंक रहेकाे छ।