May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

‘गैडहवा ताललाई पर्यटनको केन्द्र बनाउँदै छौं’

Advertisement

रुपन्देहीका स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगार, सिंचाई र पूर्वाधार बिकासलाई प्राथमिकता दिएका छन् । पालिका प्रमुख र उपप्रमुखले चुनावी वाचा पूरा गर्नुका साथै स्थानीय बासिन्दाका तत्कालका आवश्यकता पूरा गर्नतर्फ ध्यान रहेको बताएका छन् । उनीहरुले पालिकालाई वातावरणमैत्री बनाउँदै समृद्ध तुल्याउनेतर्फ जोड दिएको बताएका छन् । पब्लिक कुराले रुपन्देहीका स्थानीय तहका प्रमुख–उपप्रमुखसित श्रृंखलाबद्ध उनीहरुका बिकास योजना र काम कारबाहीका बारेमा कुराकानी गर्न थालेको छ । प्रस्तुत छ, रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालको बिचारः–

Advertisement

गैडहवा गाउँपालिकाले गैडहवा तालको विकास, यशोधरा पार्क निर्माण, सूर्यपुरा बहुमुखी क्याम्पसको भवन र १५ शय्याको अस्पताललाई पालिकाको गौरवको योजनाको रुपमा अघि सारेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट ८ किलोमिटरको दुरीमा रहेको र २७ हेक्टर क्षेत्रफलमा फैलिएको गैडहवा ताललाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने गरी गाउँपालिकाले प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

तालको वरीपरी आर्कषण संरचना, ट्रेकिङ रुट निर्माण, तालमा सफा पानी, त्यसमा ढुंगा चलाउने र तालको नजिकै होमस्टे निर्माण गरेर लुम्बिनी आउने पर्यटकलाई गैडहवामा एक रात बास बसाल्ने गरी योजना बनाएर काम गरिरहेका छौं । तालको नजिकै रहेको जंगललाई पनि पर्यापर्टनका रुपमा विकास गर्ने लक्ष्य छ । त्यस्तै लुम्बिनीबाट १२ किलोमिटरको दुरीमा गैडहवा–६ मा यशोधरा पार्क निर्माणको काम अघि बढेको छ । पार्कमा यशोधराको मूर्ती निर्माण गरेर लुम्बिनी आउने बुद्ध धर्मावलम्बीहरुलाई यशोधरा पार्कसम्म पुर्याउनले लक्ष्यका साथ काम गरिरहेका छौं ।

त्यस्तै पालिकाले गौरवको आयोजनाको रुपमा शिक्षामा अघि सारेको सूर्यपुरा बहुमुखी क्याम्पसको भवन र स्वास्थ्य तर्पmको १५ शय्याको अस्पतालको काम पनि तिब्र रुपमा अघि बढीरहेको छ । यसका साथै सडक पूर्वाधार निर्माण गरेर पालिकालाई धुलोरहित बनाउने गरी काम गरिरहेका छौं ।