May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

ब्राजिलमा बाढीले ५५ जनाको मृत्यु

Advertisement

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ । ७४ जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।

Advertisement

शनिबार आँधीपछि भएको वर्षा र बाढीका कारण ब्राजिलको दक्षिणी क्षेत्रका २५ हजार नागरिक घर छोड्न बाध्य भएका छन् । पाँच लाख नागरिक बिजुली र सफा पानीबाट बञ्चित भएका छन् ।

बाढीबाट २५० वटा सहर प्रभावित भएको समाचारमा उल्लेख छ ।

एक बाँध नजिकै गएको पहिरोमा ३० जनाको ज्यान गएको छ । अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बीबीसी