April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

दिल्ली शीर्ष स्थानमा

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराएको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । 

दिल्लीको जितका लागि शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाए । बलिङतर्फ चेन्नईका लागि रविन्द्र जडेजा र शार्दुल ठाकुरले २–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायडुले अविजित रहँदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पाले १९ रन बनाए । 

बलिङतर्फ दिल्लीका अक्षर पटेलले २ विकेट लिए । जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले १३ खेलमा २० अंक जोडेको छ । चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा छ ।

Advertisement