May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउनुपर्छः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्। शुक्रवार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

Advertisement

उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको बताए। उनले सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताए।

Advertisement

जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरुलाई हुने पनि बताए। उनले सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुने पनि बताए।

उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट भएको बताए। उनले भने,‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको छ। सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ। त्यसैले स्थायी सरकार पनि भनिन् ।

कर्मचारीहरुको मुलुक निर्माणमा अत्यन्त ठूलो भुमिका हुन्छ।  जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ। सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुन्छ।’ सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए।