May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

मोटरसाइकल दुर्घटनामा गुल्मीमा एक युवाले ज्यान गुमाए

गुल्मी– मोटरसाइकल दुर्घटनामा गुल्मीमा एक युवाले ज्यान गुमाएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका–३ को म्यालपोखरीस्थित रिडी तम्घास मुख्य सडकमा लु ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २९ वर्षीय अनिलराज घर्तीले ज्यान गुमाएका हुन् ।

सोही पालिका–४ भट्टेचौरका करिब ३० वर्षीय यम बहादुर सूर्यवंशी घाइते भएका छन् । घटनामा गम्भीर घाइते घर्तीलाई उपचारका लागि गम्घासस्थित गुल्मी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा थिए । जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी शंकर पोखरेलका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो ।

घटनामा घाइते भएका सुर्यवंशीलार्ई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको छ ।

Advertisement