December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

पिएसजीका लागि मेस्सीले गरे पहिलो गोल

लियोनल मेस्सीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि पहिलो गोल गरेका छन्।

Advertisement

बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले च्याम्पियन्स लिग अन्तर्गत समूह ए मा रहेको पिएसजीका लागि मंगलबार राति भएको खेलमा जित दर्ता गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि २–० को जित निकालेको हो । पिएसजीका लागि आठौँ मिनेटमा इद्रिसा गुआइ र ७४ औँ मिनेटमा मेस्सीले गोल गरेका हुन् । उनको गोलका लागि केलिएन एमबाप्पेले सहयोग गरे ।

समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको पिएसजीले दोस्रो खेलमा जित निकाल्दै चार अंक बनाएको छ। सिरी तीन अंकसहित तेस्रो स्थानमा छ । आरबी लेइप्जिगलाई २–१ ले पराजित गरेको क्लब बर्ग चार अंकसहित दोस्रो स्थानमा छ ।