May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

गर्मीमा तातो हावा ‘लू’बाट जोगिन के गर्ने, के नगर्ने ?

यतिबेला देशभरको तापक्रम बढ्दो छ। तापक्रम बढ्दै गएका कारण देशका धेरै स्थानमा ‘लू’को जोखिम बढेको छ। गर्मी बढेसँगै तातो हावा लूबाट जोगिन के गर्ने, के नगर्ने? 

Advertisement

गर्न हुने
धेरै पानी पिउने

Advertisement

चिसो पानीले नुहाउने

बिहर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने हल्का खालको सितल हुने कपडा लगाउने

खेतबारी वा घर बाहिर काम गर्दा बिहान वा बेलुका गर्ने

कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रो लगायत घरमै बनाएका ताजा खानेकुरा खाने

गर्न नहुने
क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेय पदार्थ नपिउने

दिउसो सकभर घर बाहिर ननिस्कने 

भान्सामा धेरै समय नबस्ने, बस्न परेमा प्रशस्त पानी पिउने

धूम्रपान तथा मदिरा सेवन नगर्ने

– मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, हनहनी ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरुन्तै अस्पताल लैजानु पर्छ।