April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

ह्याट्रिक गर्दै लेवान्डोस्कीले बनाए नयाँ कीर्तिमान

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले साबिक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनमाथि ५–० को शानदार जीत हासिल गर्न सफल भएको छ । योसँगै पोलिस स्ट्राइकरले बायर्नका ३ सय गोल पुरा गरेका छन् । लेवान्डोस्की बोरुसिया डर्टमण्डबाट सन् २०१४ मा बायर्नसँग अनुबन्ध भएका हुन् ।

यता, लेवान्डोस्कीले बायर्नका लागि लगातार १६ खेलमा गोल गर्दै गर्ड मुलरले सन् १९७० मा बनाएको कीर्तिमान पनि भङ्ग गरे । गत अगस्तमा १५ निधन भएका मुलरले १५ वर्ष बायर्नमा रहँदा ५९४ खेलमा ५४७ गोल गरेका थिए । त्यस्तै, ३३ वर्षीय लेवान्डोस्कीले बुन्डेस लिगामा लगातार १३ खेलमा गोल गर्न सफल भएका छन् ।  

खेलमा अन्य गोल थोमस मुलर र जमाल मुस्लालाले गरे । मुलरले लिगमा लगातार १३ सिजन गोल गर्न सफल भएका छन् । जीतसँगै बार्यन गोलअन्तरको आधारमा लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनले एफसी अग्सबर्गलाई ४–१ ले हरायो ।

Advertisement