ओडिसाबाट ३०१ विद्यार्थी घर फर्किए



भैरहवा– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट नेपाली विद्यार्थी घर फर्किने क्रम जारी छ । मुलुकका विभिन्न नाकाबाट गरेर शुक्रबारसम्म तीन सय १ विद्यार्थी स्वदेश आइपुगेका छन् । शुक्रबारसम्म झापाको काँकडभिट्टा नाकाबाट २०, भैरहवाको बेलहियाबाट ३६, विराटनगरको जोगबनीबाट ८३ र वीरगन्ज नाकाबाट १६२ गरी ३०१ विद्यार्थी आइपुगेका हुन् ।
विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न असहज परिस्थितिका कारण नेपाली विद्यार्थीलाई विश्वविद्यालयले निष्कासन गरेको थियो ।
घटनापछि विश्वविद्यालय प्रशासनले करिब ८ सय नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेर बसपार्क र रेल्वे स्टेसनमा अलपत्र छाडेको थियो । विद्यार्थीहरूका अनुसार साथीको शंकास्पद मृत्युपछि न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले ‘बाउन्सर’ प्रयोग गरी आक्रमण गरेको थियो ।








प्रतिकृया दिनुहोस्