April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

भाषामा एकरुपता ल्याउन प्रशिक्षण

भैरहवा– नेपाली भाषालाई सरल र सहजीकरण गरी एकरुपता बनाउनका लागि सिद्धार्थनगर नगरपालिकाको पहलमा नगर भित्रका सामुदायिक विद्यालयका नेपाली भाषा विषय शिक्षकलाई तीन दिने प्रशिक्षण दिइएको छ ।

Advertisement

सिद्धार्थनगर नगरपालिका–८ स्थित रुपन्देही लीलाराम न्यौपाने माविमा माघ ७ गतेदेखि संचालन भएको उक्त प्रशिक्षणमा नगरका सामुदायिक विद्यालयका २५ जना नेपाली भाषा शिक्षक सहभागी थिए ।

Advertisement

नगर शिक्षा शाखाका अधिकृत कृष्णप्रसाद पोखरेलले पटक–पटक हुने गरेको पाठ्यक्रम परिवर्तन तथा परिमार्जनका कारण नेपाली भाषामा एकरुपता हुन नसक्दा लेख्य भाषामा विभिन्न कठिनाई हुने गरेको बताए । ‘बेलाबेलामा हुने राजनीतिक व्यवस्था परिवर्तनको प्रभाव पनि नेपाली भाषा पाठ्यक्रममा परेको छ’, पोखरेलले भने, ‘भाषामा एकरुपता नआएपछि विद्यार्थीलाई समस्या परेको छ भने शिक्षकलाई पनि द्विविधामा पारेको छ ।’

भाषामा एकरुपमा ल्याउनका लागि गरिनु पर्ने सुधारका पक्ष र विषयलाई केलाएर त्यही अनुरुपको सिकाई शिक्षकमा दिन प्रशिक्षण दिइएको उनले बताए । काठमाडौंस्थित बुढा निलकण्ठ विद्यालयका नेपाली विभागका प्रमुख प्रेमनारायण भुषालले प्रशिक्षण दिएका थिए ।

नेपाल भरिको भाषामा एकरुपता नआएपछि नेपाली भाषालाई सहजिकरण गरि एकरुपता ल्याइ शुद्ध बोल्न र लेख्नका लागि भाषा सुधारका केही कार्यक्रम संचालनमा छन् ।