April 23, 2025, Wednesday
२०८२ बैशाख १०

नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

तिलोत्तमा, बैशाख २८ । रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकालाई अक्सिजन सहयोग गरेको छ । नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहजीकरण गर्न भन्दै अक्सिजन सहयोग गरेको हो ।
अहिले रुपन्देहीमा अक्सिजन अभाव छ । नगरपालिकामा अक्सिजन अभाव नहोस् भन्ने हेतुले चेम्बरले एक सय थान अक्सिजन सिलिण्डर भर्नका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
चेम्बरका अध्यक्षले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । चेम्बरका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको टिम जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको जानकारी दिए । उनले संकटकाबेला सबैले हातेमालो गरेर महामारीलाई परास्त पार्नुपार्ने जनाए ।
सबैमा सहयोगको लागि उनले अपिल समेत गरेका छन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पौडेलले आ–आफ्नो क्षेत्रबाट चेम्बरले जस्तै सहयोगका लागि सम्पूर्णलाई आग्रह गरे ।