March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कोरोना संक्रमित सांसदले मत दिन पाउने

काठमाडौंः कोरोना संक्रमित सांसदहरुले पनि प्रधानमन्त्रीलाई मत दिन पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ ।
संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेका सांसदहरुलाई मात्र प्रवेश दिइनेछ । हालसम्म ५० भन्दा बढी सांसदको परीक्षण गर्न बाँकी छ । उनीहरुको आइतबार नै स्वाब संकलन गरेर भोलिसम्म रिपोर्ट आउने व्यवस्था मिलाउने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको बैठकमा सहभागी एक सांसदले बताए ।

Advertisement