फोरस्टार बहुमुखी सहकारीको २८ औँ साधारणसभा



मणिग्राम– रूपन्देहीको मणिग्राम स्थित फोरस्टार बहुमुखी सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा पूर्वअध्यक्ष तथा तिलोत्तमा उद्योग बाणिज्य संघका महासचिव समेत रहेका सल्लाहकार राजकुमार पाण्डेयले संस्था जिल्लाकै राम्रो सम्भावनायुक्त सहकारी भएको उल्लेख गरे । सहकारीका अध्यक्ष शरद भट्टराई, संस्थाका सल्लाहकार कुलप्रसाद लामिछाने र स्थानेश्वर बस्यालले शेयर सदस्यको जीबनस्तर उकास्ने गरि योजना बनाएर सबैको कल्याणमा काम गर्ने संस्थाको रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष भट्टराईले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आगामी योजनाका लागि प्रस्ताव समेत पेश गरेका थिए भने अध्यक्षले प्रस्तुत गरेको प्रतिबेदन सर्वसम्मतिले पारित गरेको छ । अध्यक्ष भट्टराईले संस्थाको प्रगतिका लागि आफूहरु लागिपरेको र सबैको सहयोगले शेयर सदस्य संख्या बढाई अन्य सहकारीसँगको मर्जर नीति अबलम्बन गरिने जनाए ।
साधारण सभाका अवसरमा उत्कृस्ट बिद्यार्थी र जेष्ठ सदस्यहरुलाई पनि सम्मानित गरिएको थियो । हाल सस्थाको शेयर पुँजी करिव ३ करोड, निक्षेप संकलन करिव २३ करोड, लगानी कर्जा करिव २५ करोड ७० लाख, जगेडा कोष १ करोड १० लाख, खुद नाफा ६३ लाख र शेयर सदस्य संख्या जम्मा १ हजार ६ सय ७४ जना छन् । साधारण सभाबाट ७ प्रतिशत लाभांश बितरण गरेको संस्थाले अध्यक्षको प्रतिवेदन, लेखा प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा कर्मचारी नियमावली पारित गरेको सहकारीका ब्यबस्थापक अनिता बरालले जानकारी दिइन् ।








प्रतिकृया दिनुहोस्