सहरको रहर !


तिम्रा आँखाले
नदी थिचोमिचोमा परेर
वर्षौंदेखि भोगिरहेको पीडा र छटपटी
हेर्न सकेन
त्यो त ठिकै हो
तिम्रो मनचिन्ते रहर
यसपटक
भावनाको अस्मेल बाढी बनेर
बगरका बस्तीहरूमा पस्यो
र जीवनका रङहरू बगायो ।
मान्छेका कहरहरू
निर्मल रूपमा
आफ्नै पुर्ख्यौली बाटोमा हिँड्न नपाएर
चौहद्दीबाट लखेटिएको नदीको भन्दा
कता हो कता
कहालीलाग्दो हुँदो रहेछ
कता हो कता
विद्रूप हुँदो रहेछ ।
नपत्याए समयलाई सोध
र यति बुझ्न ढिलो नगर,
तिम्रो रहर र सहर
मान्छेको कहरभन्दा ठूलो छैन ।
(अर्घाखाँची)
–baahrakhari








प्रतिकृया दिनुहोस्