May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

लुम्बिनी हेरिटेज होटलले ल्यायो आन्तरिक पर्यटक लक्षित सस्तो प्याकेज

Advertisement

भैरहवा– के तपाईं यसपटकको बिदा बुद्ध जन्मस्थल लुम्बिनीमा बिताउने सोंचमा हुनुहुन्छ ? यदि हो भने लक्जरियस तरिकाले बिदा मनाउने तयारी गरिहाल्नुस् है ? लुम्बिनीस्थित पाँचतारे होटल लुम्बिनी हेरिटेजले तपाईं जस्तै पाहुनको सस्तो तर लक्जरियस बिदा मनाउने सपना पूरा गरेको छ । होटलले नेपाली लक्षित सस्तो र विशेष प्याकेज सार्वजनिक गरेको हो ।

Advertisement

अफ सिजनमा पनि आन्तरिक पर्यटक लुम्बिनीमा आकर्षित गर्न होटलले यस्तो प्याकेज ल्याएको हो । जेठ दोस्रो साता लगातार परेको चार दिने सार्वजनिक बिदामा मुलुकका विभिन्न ठाउँबाट घुमफिर गर्ने रहर भएका व्यक्ति लक्षित गरेर होटलले मंगलबार उक्त प्याकेजबारे जानकारी दिएको हो । विशेष अफर बाहेक पर्यटकले एक–दुई दिनका लागि पनि आफूलाई आवश्यक सुविधा लिन सक्नेछन् ।

होटलका महाप्रबन्धक बिजेन्द्रभक्त भाजुले बिहीबारबाट लागू हुने गरि कम्तिमा दुई जनालाई १५ हजार नेपाली रुपैयाँमा तीन रात, चार दिनको प्याकेज सार्वजनिक गरिएको जनाए । यो प्याकेज खरिद गर्ने व्यक्तिले कोठा, खाजा–खाना, सबै इभेन्ट र स्विमिङ पुलमा प्रवेश पाउने भाजुले बताए ।

उनका अनुसार बिहीबार मुश्लिम समुदायको चाड ईद परेकाले उक्त चाड लक्षित गरेर प्याकेज ल्याइएको हो । ईदको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम थिएनन् । त्यसैले पनि होटलले ईदको मौंकामा रमाइलो कार्यक्रम आयोजना गरेको बताए ।

ईदका दिन होटलमा पाहुनाका लागि खानपिनमा छुटका साथैं मकाउमा नेपाली बक्सर रविन्द्र ढाँट सहभागी हुने यूएफसी खेलको प्रत्यक्ष प्रशारण गरिने छ । उक्त खेलमा ढाँटले फिलिपिन्सका खेलाडीसित प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार साँझ ६ देखि मध्यरात १२ बजेसम्म विशेष कार्यक्रम सञ्चालन हुनेछ । यसक्रममा खानाका विभिन्न परिकारमा छुट प्रदान गरिएको छ । पौडी पोखरीमा निःशुल्क प्रवेश दिइने छ ।

‘काठमाडौं, पोखरा, चितवन र आसपासका आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज ल्याइएको हो,’ उनले भने, ‘लुम्बिनीमा नेपालीको आगमन बढोस् भनेर सस्तो प्याकेज ल्याएका हौं ।’ उनका अनुसार शनिबार पुल पार्टी आयोजना गरिनेछ । पुल पार्टीमा सहभागीका लागि खानपिनको व्यवस्था हुने उनले बताए ।

चौथो दिन आइतबार बिहान लुम्बिनी दर्शनको कार्यक्रम राखिएको छ । यसका लागि होटलले मायादेवी मन्दिरसम्म पाहुनालाई पुर्याएर मन्दिर दर्शन गराएपछि होटलसम्म ल्याउने व्यवस्था गरेको छ ।

‘आइतबार साँझ पाहुनाका लागि होटलमै आइपीएल फाइनल हेर्नका लागि विशेष प्रवन्ध गरेका छौं,’ उनले भने, ‘प्याकेज बाहेक आउने पर्यटकले पनि एक दिनको छुट्टैं प्याकेज खरिद गर्न सक्नेछन् । त्यसको पनि प्रवन्ध गरेका छौं ।’ प्याकेज खरिद गरेर आउने पाहुनालाई भैरहवास्थित विमानस्थलबाट होटलसम्म निःशुल्क ल्याउने र पुर्याउने व्यस्था गरिएको जनाए ।