July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

वर्षायाममा पानीजन्य कस्ता रोगहरूले सताउँछन्, जोगिने उपाय के–के हुन् ?

Advertisement

वर्षायाम सुरु भएको छ। पानी परिरहने, पानी जम्मा हुने र पानी दूषित हुने भएकाले यस्तो बेला विभिन्न सरुवा रोगको जोखिम हुन्छ। वर्षातको समयसँगै धेरै ठाउँहरुमा डुबान, बाढी तथा पहिरोले गर्दा पानीको स्रोतहरु दुषित हुन्छन्। दुषित पानीका कारण हैजा, झाडापखाल, टाइफाइड, हेपाटाइटिस ुएु, हेपाटाइटिस ुईु लगायतका सरुवा रोगको संक्रमण बढ्न सक्छ। त्यसैगरी आँखा पाक्ने समस्या, छाला सम्बन्धी विभिन्न समस्या र किटजन्य रोग लाग्छन् । जुन मुख्यगरी निम्नानुसार छन्ः–

Advertisement

दूषित पानीका कारण लाग्न रोगहरुः
क) दूषित पानी खाएर हुने रोगहरू । जस्तैस् हैजा, झाडा पखाला, आउँ, जुका, कमलपित्त, टाइफाइड ।
ख) नुहाउन, धुनको लागि फोहर पानी प्रयोग गर्दा लाग्ने रोगहरू । जस्तैः लुतो, दाद, घाउ खटिरा जस्ता छाला सम्बन्धी रोगहरू र ट्रकोमा ।
ग) खेर गएको पानी, फोहर पानीको उचित विसर्जन नगर्दा त्यस्तो पानीमा लामखुट्टे, भुसुनाहरू हुर्कन्छन् र तिनीहरूले रोगहरू सार्छन् । जस्तैः औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाइटिस ।

१) आँखा पाक्ने तथा ट्रकोमा
–खस्रे रोग एक प्रकारको आँखा पाक्ने रोग हो । यस रोगलाई ट्रकोमा भनिन्छ ।
–यो रोग किटाणुहरूको कारणले लाग्छ र यो रोगका किटाणुहरू फोहरमा हुन्छन् ।
–यो रोग प्रायः गरेर स(साना बालबालिकालाई लाग्छ र यस रोगले अन्धो पनि बनाउन सक्छ ।
–यो रोग लाग्नुको मुख्य कारण स् हात मुख धुन पर्याप्त पानी नभएर वा हात मुख धुने पानी सफा नभएर वा हात मुख धुने बानी नभएर लाग्छ
–यो रोगका किटाणुहरू रोगीको आँखाबाट निस्कने चिप्रामा प्रशस्त हुन्छन् ।
–रोगीको आँखाबाट निस्कने चिप्राबाट यो रोग सर्छ र मुख्य माध्यम भनेको झिङ्गा नै हो ।
–यो रोग हातबाट सर्न सक्छ र कपडाको माध्यमबाट पनि सर्न सक्छ ।
–एकै ठाउँका धेरै मानिसहरूलाई छोटो समयमा यो रोग लाग्न सक्छ र केही दिनमा नै महामारीको रूप लिनसक्छ ।

लक्षणहरू
-खस्रे रोग लाग्यो भने यी लक्षणहरू देखा पर्छन् स्
-आँखा दुख्छ, बिझाउँछ ।
-आँखा रातो हुन्छ, चिलाउँछ ।
-आँखाको डिल सुनिन्छ ।
-आँखाबाट चिप्रा आइरहन्छ ।
-यो रोग धेरै पटक भयोभने आँखाको परेला भित्र फर्किन्छ ।
-भित्र फर्केको परेलाले आँखाको नानीलाई बारम्बार घोच्छ र नानी विग्रिएर अन्धो गराउँछ ।

रोकथाम र बचावट
-सधै चर्पीमा नै दिशा पिसाब गर्ने बानी बसाल्ने र चर्पी पनि सफा राख्ने
-गाईवस्तुको मल-मूत्र खाडलमा जम्मागरी राख्ने
-भान्साबाट निस्कने फोहर पानीलाई व्यवस्थित तरिकाले विसर्जन गर्ने
-घर वरिपरि पानी जम्ने खाडल छ भने पुरिदिने
-दिनको २-३ पटक आँखा-मुख धुने
-हात मुख धुँदा नाकको सिँगान पनि राम्ररी सफा गर्ने
-आँखाको चिप्रा र नाकको सिँगान जहाँ पायो त्यहाँ नपुछ्ने
-खस्रे रोग लागेको रोगीले प्रयोग गरेका कपडा साबुन पानीले धोएर घाममा सुकाउने
-खस्रेरोग लागेमा स्वास्थ्य संस्थामा गएर उपचार गराउने र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूरै अवधिसम्म आँखामा औषधि लगाउने

२) लुतो, दाद र खटिरा
-लुतो, दाद, घाउ खटिरा जस्ता छाला सम्बन्धी रोगहरू सरूवा रोग हुन् ।
-छाला सम्बन्धी यी सबै रोगहरू किटाणुले हुन्छ ।
-यी रोगका किटाणुहरू रोगीको शरीरमा रोगीले लगाएका कपडाहरूमा, फोहरमा, पानीमा हुन्छन् ।
-फोहर पानीले नुहाएमा, हात मुख धोएमा कपडा धोएमा छाला सम्बन्धी रोगहरू सर्छन् ।
-रोगीसँग बस्ने, सुत्ने, खेल्ने गर्दा पनि यी रोगहरू सर्छन् ।
-रोगीले प्रयोग गरेका कपडा प्रयोग गरेमा पनि यी रोगहरू सर्छन् ।
-छाला सम्बन्धी रोगहरूले मानिसलाई धेरै नै सताएको हुन्छ तर धेरैजसो कसैलाई भन्न चाँहदैनन् ।

रोकथाम तथा बचावट
-व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने
-सफा पानीले मात्र नुहाउने
-हात मुख धुँदा, कपडा धुँदा सफा पानी प्रयोग गर्ने
-पानीको मुहान सुरक्षित राख्ने
-छालाको रोग लागेका व्यक्तिसँग सँगै नबस्ने, नसुत्ने, नखेल्ने
-छाला सम्बन्धी रोगीले प्रयोग गरेका कपडा साबुन वा खरानी पानीले धोएर घाममा सुकाएपछि मात्र प्रयोग गर्नेु
-छाला सम्बन्धी रोग लागेका व्यक्तिले अस्पताल वा अन्य स्वास्थ्य संस्थामा गएर उपचार गराउने

३) किटजन्य रोग
-डेंगु, औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाईटिस रोगहरू लामखुट्टे, भुसुनाले सार्छन्
-यी रोगहरूलाई किटजन्य रोगहरू भनिन्छ । यी रोगहरू किटाणुबाट नै लाग्छ
-रोगीलाई टोकेर आएका लामखुट्टे, भुसुनाले आफ्नो शरीरमा ती रोगका किटाणुहरू बोकेर ल्याएका हुन्छन् र ती लामखुट्टे, भुसुनाले अर्को मानिसलाई टोक्दा यो रोग सर्छ
-यी रोगहरू सार्ने लामखुट्टे, भुसुना फोहर पानी, झाडी, झारपात भएको ठाउँमा बस्छन्, हुर्कन्छन्
-औलो, कालाजार, इन्सेफलाइटिस रोगबाट मानिसको मृत्यु हुन्छ भने हात्तीपाइले रोगले मानसिलाई दीर्घ रोगी बनाउँछ

रोकथाम र बचावट
औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाईटिस रोगहरूबाट बच्नको लागि लामखुट्टे, भुसुनाको टोकाइबाट बच्नुपर्छ । यसको लागि
लामो बाहुला भएको कपडा लगाउने
घर बाहिर नसुत्ने
लमखुट्टे, भुसुना हुने समुदायमा कुल भित्र सुत्ने बानी बसाल्ने
सम्भव भएसम्म घरको झ्याल, ढोकामा जाली लगाउने
लामखुट्टे, भुसुनाहरू फोहर पानी, झाडी, झारपात भएको ठाउँमा बस्ने, हुर्कने भएकोले गाउँ टोल, घर वरिपरि त्यस्तो ठाउँहरू हुन नदिने । यसको लागिM
घर वरिपरि सधै सफा राख्ने, पानी जम्ने खाडलहरू भए त्यसलाई पुरिदिने
झारपात, झाडी भएमा त्यसलाई हटाउने, फाँड्ने
वस्तुभाउको गोठ घरभन्दा केही टाढा राख्ने र मल मूत्र खाडलमा जम्मा गरेर मल बनाउने
सकेसम्म सुँगुर, बँगुर जस्ता फोहर गर्ने जीवजन्तु नपाल्ने, आर्थिकोपार्जनका लागि पाल्नुपर्ने भएमा घरभन्दा टाढा व्यवस्थितरूपमा पाल्ने ्
रोग लागेको शंका लागेमा नजिकैको अस्पताल वा अरू स्वास्थ्य संस्थामा गएर जाँच गराउने र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूरा अवधिसम्म औषधि सेवन गर्ने ।