March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मोतीपुर झडप : चारको मृत्यु, नौजना उपचाररत

भैरहवा- रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपका क्रममा घाइते भएकामध्ये चारजना सर्वसाधारणको मृत्यु भएको छ ।

Advertisement

उनीहरुलाई उपचारका क्रममा भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा ल्याउने क्रममा र केहीको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । मृत्यु हुनेमध्ये एकजनाको नाम ठेगाना खुलेको छ । अन्यको खुलिसकेको छैन ।

Advertisement

मृतकको नाम खुल्नेमा कपिलबस्तु जिल्लाको बाणगंगा नपा–१० का रमेश परियार छन् । उनीसहित नाम ठेगाना खुल्न नसकेका अन्य तीन जनाको शव अस्पताल परिसरमैं रहेको अस्पतालको प्रशासन संयोजक तेज केसीले बताए ।

केसीका अनुसार, मृतकमध्ये केहीको उपचारका लागि अस्पतालमा ल्याउँदा ल्याउँदै बाटोमैं मृत्यु भएको थियो । उक्त झडपमा घाइते भएकामध्ये युनिभर्सल शिक्षण अस्पताल भैरहवामा हाल अन्य चारजना सर्वसाधारण र पाँचजना सुरक्षाकर्मीको उपचार भैरहेको छ ।

उपचार जारी रहेका सर्वसाधरणमध्ये एकजना पाल्पा घर भएका प्रेम कामी नामका छन् । यस्तै, गुल्मीका जंग बहादुर परियार, पाल्पाका गम्भिर सिंह दिसा मगर र पश्चिम नवलपरासीको प्रतापुरका प्रवेश केवट छन् । उनीहरु चारैजनाको अवस्था गम्भिर रहेको जनाइएको छ । प्रहरीतर्फ पाँचैजनाको अवस्था मध्यम रहेको जनाइएको छ ।