March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्राकृतिक र आयुर्बेदिक पद्दतीबाट उपचार गर्न भैरहवामा प्रतिष्ठान

भैरहवा– एलोपेथिक औषधि र पद्दतीबाट गरिने उपचारको बिकल्पमा प्राकृतिक, होमियोपेथिक र आयुर्बेद पद्दतीबाट उपचार सेवा प्रदान गर्न भैरहवामा ‘ओम महागते आध्यात्मिक प्रतिष्ठान’ को स्थापना गरिएको छ ।

Advertisement

सिद्धार्थनगर नगरपालिका–७, जनकपथमा स्थापना गरिएको उक्त प्रतिष्ठान बिहीवारदेखि संचालनमा ल्याइएको हो । प्राकृतिक, होमियोपेथिक र आयुर्बेद पद्दतीबाट स्वास्थ्य उपचार प्रदान गर्ने र बैदिक सनातन हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नु प्रतिष्ठानको मुख्य उद्देश्य हो ।

Advertisement

‘यलोपेथिक औषधिको प्रयोगबाट विभिन्न साइडइफेक्ट आइ विरामीको रोग प्रतिरोधात्मक क्षमता झनझन कम्जोर हुँदै जाने गरेको विभिन्न सोध र अनुशनधानले देखाइरहेको छ’, प्रतिष्ठानका अध्यक्ष मनोज मित्तलले भने, ‘यलोपेथिक उपचार पद्दती तत्काल परेको स्वास्थ्य समस्या समाधानका लागि प्रभावकारी भए पनि दीर्घकालीन र निरोगिताका लागि प्राकृतिक, होमियोपेथिक र आयुर्बेद पद्दतीको उपचार पद्दती नै हो ।’

प्राकृतिक, होमियोपेथिक र आयुर्बेद पद्दतीबाट दिइने स्वास्थ्य उपचार विधि अन्तर्गत योग, ध्यान, प्रणायाम, थेरापी र पंचकर्म लगायतका बिधिलाई अवलम्बन गरिएको छ । एक हप्ता भित्रै मधुमेह, उच्च रक्तचाप, मोटोपन, ढाड, कम्मर, घुंडाका जोर्नी दुख्ने, माइग्रेन (अत्याधिक टाउको दुख्ने), मानसिक रोग (डिप्रेशन), थाइराइड, कोलस्ट्रोल, फ्रोस्टेड, ग्यास, कब्जियत, अपच लगायतका स्वास्थ्य समस्याको उपचार एक हप्ता भित्रै सुरु गरिने मित्तलले जनाए ।

स्वास्थ्य उपचार प्रदान गर्नका लागि प्रतिष्ठानमा प्रमुख चिकित्सकमा ओम प्रकाश अहलुवालिया नामका प्रमुख चिकित्सक ल्याइएको छ । उनी यस अघि भारतको पुने अमेरिका, बेलायत हुँदै नेपाल आइपुगेका हुन् । उनले काठमाडौंमा प्राकृतिक र आयुर्बेदिक उपचार पद्दतीमा दश बर्ष सेवा गरी बिताइसकेका छन् ।

प्रतिष्ठानको प्रमुख संरक्षकमा योगी महामुनि श्रत ः महागत छन् । प्रतिष्ठान संचालनका लागि मनोज मित्तलको अध्यक्षतामा बिष्णु ज्ञवाली, अरुण लामिछाने, दुर्गा क्षेत्री, जोगेन्द्र अग्रहरि, डा.संजय कर्ण, केशव खनालसहितको तदर्थ समिति गठन गरिएको छ । व्यवस्थापन समिति सदस्य अरुण लामिछानेले निकट भविष्यमा सुबिधा सम्पन्न अस्पतालको निर्माण गरि सम्पूर्ण उपचार सेवा प्रदान गरिने योजना रहेको बताए ।

यसैगरि, बैदिक सनातन हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि बिद्यापीठको स्थापना गरि बेद, पुराण, इतिहास, संस्कृति, पारम्पारिक कला, भाषाको अध्ययन अध्यापन गराइने लक्ष्य छ ।