August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

प्रक्रिया सम्बत् ग्राहकले आफ्नो खातामा जम्मा गरेको बचत सुरक्षित छः माछापुच्छ्रे बैंक

Advertisement

भैरहवा– माछापुच्छ्रे बैंक लिमिटेडले प्रक्रिया सम्बत् ग्राहकले आफ्नो खातामा जम्मा गरेको बचत रकम सुरक्षित भएको जनाएको छ । साथै बैंक पछिल्लो समय विभिन्न संचारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको समेत बताएको छ ।

Advertisement

बैंकले प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको हो । मर्चवारस्थित माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा केन्द्रको विषयमा विभिन्न सञ्चार माध्यममा समाचारहरु प्रकाशित भएका छन् । ‘सोही सम्बन्धमा विभिन्न सञ्चार माध्यममा बैंकका कर्मचारीले बचतकर्ताको रकम ठगेर कर्मचारी फरार रहेको शिर्षकमा सामाचारहरु प्रकाशित भइरहेकोमा सर्वप्रथम बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकको निर्देशनमा रहि प्रतिनिधि नियुक्त गरेको हुन्छ । यस्ता व्यवसायिक प्रतिनिधि कर्मचारी नभई बैंकले प्रदान गरेको शर्तमा रहि प्रदान गरिएको प्रविधिको प्रयोग गरि सिमित कारोबारका लागि मात्र अधिकार प्राप्त गरेका हुन्छन्’, बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘शाखारहित बैंकिङ्ग सेवा मेसिनमा आधारित र विशुद्ध ग्राहकको औठाछापको आधारमा गरिने कारोबार हो । यसमा बैंकले कुनै भौचर अथवा अन्य कागजान दिने गर्दैन ।’

पछिल्लो समय रुपन्देही जिल्लाको साविकको रायपुर गा.वि.स वडा नं. ६ हाल मर्चवारी गाउँपालिका–३, रायपुर बस्ने वर्ष २९ को रमेश चौहानले बैंकका व्यवसायिक प्रतिनिधिले ग्राहकको रकम दुरुपयोग गरेको सम्बन्धमा ग्राहकबाट गुनासो तथा उजुरी प्राप्त भएपश्चात बैंकले उक्त विषयमा सम्बन्धित निकायसँगको समन्वयमा आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको विज्ञप्तीमा उल्लेख छ । ‘साथै निज रमेश चौहान वैदेशिक रोजगार सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यलय मर्चवार, रुपन्देहीबाट पक्राउ पश्चात् धरौटीमा रिहा भएको कुरा अवगत गराउन चाहन्छौँ’, विज्ञप्तीमा भनिएको छ, ‘सोही सम्बन्धमा प्रकृया सम्बत् तरिकाले ग्राहकले आफ्नो खातामा जम्मा गरेको बचत रकम पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउन चाहन्छौँ ।’