आम्दानी खुम्चिएपछि लुम्बिनीमा कर्मचारीलाई तलव खान समस्या
लुम्बिनी– कोरोना महामारीका कारण लामो समय लुम्बिनी बन्द रह्यो । लुम्बिनी बन्द हुँदा विकास कोषको आम्दानीको आन्तरिक स्रोत खुम्चिएपछि यहाँ कार्यरत सयौं कर्मचारीलाई तलव खुवाउन समस्या भएको छ । लुम्बिनी विकास कोष राष्ट्रिय गौरव आयोजनाको रुपमा छ ।
कोषले, बिगत एक वर्षदेखि नै करार, सेवाकरार, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई महिनामा १५ दिनमात्रै काममा लगाउने र १५ दिनकोमात्रै तलव दिएर धान्दै आएको छ । अस्थायी, करार, सेवाकरार, दैनिक ज्यालादारी र स्थायी दरबन्दीमा कार्यरत कर्मचारीको तलव खुवाउन रकम नभएपछि कोषले करिव ५ करोड रुपैयाँ आन्तरिक ऋण लिइसकेको छ ।
‘कोभिड संक्रमणले गर्दा कोषको आम्दानीको स्रोत सुकेकाले कोषमा कार्यरत सवै कर्मचारीलाई तलव खुवाउन समस्या भएको हो’, कोषका लोखा प्रमुख नबल किशोर यादवले भने, ‘अहिलेसम्म त लिइएको आन्तरिक ऋणबाट जसोतसो तलव खुवाइएको छ । अब कात्तिकबाट कसरी खुवाउने ? निश्चित छैन ।’
धेरै कर्मचारीको सेवा सुबिधा कटौती गरेकाले र करार, सेवाकरार, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई महिनामा आधा दिनमात्र काममा लगाइ त्यही अनुरुप तलव दिइएकाले लिइएको आन्तरिक ऋणबाट असोज महिनासम्मको तलव दिन पुग्ने उनले बताए ।
बिश्वव्यापी रुपमा पैmलिएको कोरोना संक्रमणका कारण र लकडाउनले लामो समयसम्म लुम्बिनी बन्द हुँदा आन्तरिक र बाह्य पर्यटकको आगमन नभएपछि कोषको आन्तरिक आम्दानी सुकेको हो । यहाँ कार्यरत सम्पूर्ण कर्मचारीलाई कोष आपैmले आन्तरिक स्रोतबाट तलव लगायतका सुबिधा उपलब्ध गराउनु पर्ने प्रावधान छ । सरकारले बिकास निर्माणका कार्यका लागि मात्रै पुँजिगत बजेट कोषलाई उपलब्ध गराउने गरेको छ ।
कोषको मुख्य आम्दानीको स्रोत पर्यटकबाट आउने शुल्क हो । कोरोना संक्रमण पैmलिनु अगावै बार्षिक १५ करोड रुपैयाँ भन्दा धेरै आन्तरिक आम्दानी हुने गरेकोमा संक्रमणसंगै लामो समयसम्मको लकडाउनले गर्दा आम्दानी ह्वात्तै घटेको हो । कोषका अनुसार, लकडाउनका कारण गत आवमा कोषले २ करोड ७२ लाख रुपैयाँ आन्तरिक आम्दानी प्राप्त गरेको थियो । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा गरेर ५–६ लाख रुपैयाँमात्रै आम्दानी हुने अनुमान छ । पछिल्लो पटक लुमिबनी गत भदौ ६ गते खुलेको हो ।
कोषका अनुसार, अघिल्लो लकडाउनको वेला ८ महिनासम्म बन्द भएको थियो । २ महिना खुलेपछि फेरि लकडाउन भएको थियो । अघिल्लो आव ०७६–०७७ मा कोषको तलव र अन्य सेवा सुबिधामा साढे ९ करोड रुपैयाँ जती खर्च भएको थियो । आम्दानी करिव ३ करोडमात्र भएको थियो । लुम्बिनी, रामग्राम र कपिलबस्तुको विभिन्न पुरातात्विक स्थलमा समेत गरेर १ सय ५९ जना स्थायी दरबन्दी कोषमा कायम छ ।
स्थायी र करार, सेवा करार, दैनिक ज्यालादारी लगायतका गरि कोषमा कुल कर्मचारी संख्या २ सय ७० छ । यी सवै कर्मचारीलाई आन्तरिक स्रोतबाटै तलव खुवाउनु पर्ने हुन्छ । मासिक ८ देखि ९ करोड रुपैयाँ तलव र अन्य सेवा सुबिधामा खर्च हुने गर्छ ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले आन्तरिक आम्दानीको स्रोत सुकेपछि लामो समयदेखि करार, सेवा करार र दैनिक ज्यालादारी कर्मचारीलाई कामबाट हटाएर बेरोजगार बनाउनु भन्दा पारिवारिक गुजारा चलाउन मिल्ने गरि महिनामा आधा दिनमात्रै काममा लगाएर त्यही अनुरुप तलव दिएर धान्दै आइएको बताए ।
‘सबैलाई तलव खुवाउनका लागि पर्यटन मन्त्रालयसँग साढे १४ करोड रुपैयाँ अनुदान माग गरिएको छ र यस वारेमा मन्त्रालय सकारात्मक नै छ’, शाक्यले भने, ‘धेरै कर्मचारीको सेवासुबिधा घटाएर मितव्ययिता अपनाएका छौं ।’ यसखालको माहामारी भविष्यमा पनि दोहोरिन सक्ने र त्यतीवेलालाई समेटिनेगरि सरकारले कोषको दीगो व्यवस्थापन गर्न जरुरी रहेको शाक्यले बताए ।
मायादेवी मन्दिर प्रवेश गर्ने यात्रुसँग लुम्बिनी सेवा संरक्षण शुल्क बापत लिने शुल्क, लुम्बिनी भित्र प्रवेश गर्ने गाडीसँग पार्किङ शुल्क, क्यामेरा तथा भिडियो सुटिङ शुल्क, कोषमा रहेका विभिन्न बिहार र होटलको भू–शुल्क र दानपात्रमा संकलित रकम नै कोषको आन्तरिक आम्दानीको स्रोत हुन् ।
लेखकको सम्वन्धमा