October 8, 2026, Thursday
२०८३ आश्विन २३ शुक्रबार

खस्किँदै गल्ला ब्यवसाय

Advertisement

कपिलवस्तु– कपिलवस्तु नगरपालिका–२, रमतलहामा श्याम ट्रेडर्स संचालन गरेर बसेका गल्ला ब्यवसायी पुजारी गुप्ताले पहिला जस्तो गल्ला ब्यवसाय नहुँदा ब्यवसायीलाई जिविकोपार्जन गर्ने धौ–धौ हुन थालेको छ । पहिला गाउँघरबाट गल्ला (धान, चामल र गहुँ) गोरुगाडा, ट्याक्टरमा राखेर सदरमुकाम र आसपासका ब्यापारी–ब्यवसायीलाई बेच्न लगिन्थ्यो । कृषकले घर गर्जो टार्न ब्यापारी कहाँ सोझै लगेर बेच्थे ।

Advertisement

तर, अहिले दुई–ढाई वर्ष यता भने सर्वसाधारण र कृषक लामो दुरी तय गरेर गई गल्ला बेच्न सक्दैनन् । लामो दुरीका लागि बिल काट्नु पर्छ । फर्म नभई बिल काट्न मिल्दैन् । गाउँले नजिकका खुद्रा ब्यापारीलाई बेच्छन् । खुद्रा ब्यापारीेले थोक ब्यापारीलाई बेच्दा समस्या भइरहेको अर्का ब्यवसायी गिरजेश जयसवालले बताए । एउटा तह (खुद्रा) ब्यापारीले नाफा खाएर बेच्दा किसानले कम मुल्य पाउने गरेका छन् ।

उता थोक ब्यापारीले पनि धान चामल आफै सिधैं बेच्न पाउँदैनन् । ब्राण्ड दर्ता गरेका उद्योगलाई बेच्नु पर्छ यस्ले ब्यापारी जयसवालले भने उनीहरुले सानो प्याकिङ गरेर उपभोत्तालाई बेच्छन् । थोक ब्यापारीले सोझै बेच्न पाउँदा उपभोत्ताले सस्तो पाउँथे । तर, ब्राण्ड दर्ता गरेकाले बेच्ना धेरै महंगो पर्छ । यसले गल्ला ब्यापारलाई समस्या पारेकोछ । ३ वर्ष अघिसम्म थोक ब्यापारीले एक क्विण्टन धान बेच्दा दुईसयदेखि ढाई सय रुपैयाँ नाफा पाउँथे भने अहिले २५ रुपैयाँमात्र पाउने पुजारी गुप्ताले बताए । त्यस्तै गहुँ बेच्दा पहिले एक सय रुपैयाँ नाफा पाउने गरेकामा अहिले २० रुपैयाँ र चामल बेच्दा पहिले तीनसयदेखि चारसय रुपैयाँ नाफा पाउने गरेकामा अहिले ५० रुपैयाँ नाफा पाउँदा जीविकोपार्जन गर्न समस्या भइरहेको उनले बताए ।