July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

दुई चिकित्सकसहित पाँच जना पक्राउ

दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज- यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए…

रुपन्देहीमा संगठित र आर्थिक अपराधको घटना उच्च

रुपन्देहीमा संगठित र आर्थिक अपराधको घटना उच्च

भैरहवा–रुपन्देही जिल्लामा गत जेठ महिनामा १ सय ८२ वटा विभिन्न अपराधका मुद्दा प्रहरी समक्ष दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको गत जेठ महिनाको तथ्याङ्क अनुसार जिल्लाभर विभिन्न प्रकृतिका कुल १ सय ८२ वटा अपराध सम्बन्धी मुद्दा दर्ता भएका छने । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी संगठित तथा आर्थिक अपराध र सामाजिक…

  • असार ६ र ७ गते बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन हुँदै

    असार ६ र ७ गते बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन हुँदै

    रुपन्देही- रुपन्देहीको बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । नेपाली मिडिया क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे बहस तथा साझा धारणा निर्माण गर्ने उद्देश्यले चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ आयोजना गरिएको हो । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजना तथा...

  • बाँके निकुञ्जमा कृत्रिम पोखरी निर्माण, गाउँबस्ती सुरक्षित बन्दै

    बाँके निकुञ्जमा कृत्रिम पोखरी निर्माण, गाउँबस्ती सुरक्षित बन्दै

    बाँके—चरम सुख्खा र गर्मीयाम सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोतहरू सुक्न थालेपछि वन्यजन्तुहरू खानेपानीको खोजीमा निकुञ्ज बाहिर निस्कन्थे । पानी र आहारा खोज्दै वन्यजन्तुहरू मानव बस्तीतिर पस्दा मानव–वन्यजन्तुबिच द्वन्द्वका घटनाहरू वर्षेनी बढ्दो क्रममा थिए । वन्यजन्तुको आक्रमणबाट मानवीय...

  • बुटवल उपमहानगरमा जेठमा घरेलु हिंसाका २१ घटना

    बुटवल उपमहानगरमा जेठमा घरेलु हिंसाका २१ घटना

    भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरमा एक महिनामैं घरेलु हिंसाका करिब दुई दर्जन घटना सार्वजनिक भएका छन् । जिल्लाको ठूलो पालिकामा घरेलु हिंसाका धेरै घटना पाइएका हुन् । पीडितले प्रहरीमा दिएको उजुरीका आधारमा बुटवलमा जेठमा मात्रै २१ वटा यस्ता घटना भएको...

  • युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक लागूऔषधसहित पक्राउ

    युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक लागूऔषधसहित पक्राउ

    दाङ– प्रहरीले एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२, भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई मंगलबार राति उनकै...

  • प्यूठानमा बाढीले बगाएका दाजुभाइ नै मृत फेला परे

    प्यूठानमा बाढीले बगाएका दाजुभाइ नै मृत फेला परे

    प्यूठान– विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् । प्यूठानको नौबहिनी गाउँपालिका–५, काँटेमा मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेर उनीहरु बेपत्ता भएका थिए । मृत्यु हुनेमा स्थानीय मिलन खत्री र बिमल खत्रीको रहेको प्रहरीले जनाएको...

  • पर्यटन व्यवसायी गोपाल रानाद्वारा जन्मदिनमा विद्यालयमा अक्षकोष स्थापना

    पर्यटन व्यवसायी गोपाल रानाद्वारा जन्मदिनमा विद्यालयमा अक्षकोष स्थापना

    बुटवल- गरिव तथा विपन्न परिवारका हजारौं विद्यार्थीसँग जोडिने संकल्पसहित सामाजिक अभियानमा लागेका गोपाल रानाले जन्मदिनमा खर्च गरिने रकम उनीहरुको भविष्य निर्माणका लागि अक्षकोष स्थापनामा सदुपयोग गर्ने गरेका छन् । आफ्ना विशेष दिनहरुका नाममा गरिने अनावश्यक खर्च र भड्किलो परम्परा भन्दा...

  • स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली कस्तो हुनु पर्ने ?

    स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली कस्तो हुनु पर्ने ?

    भैैरहवा–स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीलाई मर्यादित, जवाफदेही, अनुशासित तथा सदाचारिता बनाउन सरकारले आचारसंहिता जारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेको हो । उक्त...